sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ११, २०८१ १६:५७
कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई नेपाल आइपुग्नुभएको छ । उहाँलाई राष्ट्रपति पौडेलले त्रिभुवन विमानस्थलमै पुगेर स्वागत गर्नुभएको छ ।

उहाँको सम्मानस्वरुप नेपाली सेनाले २१ तोपको सलामी दिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार राजकीय दुईदिने भ्रमणका लागि नेपाल आउनुभएका कतारी राजा थानीसँग राष्ट्रपति पौडेलको औपचारिक भेट भने शीतलनिवासमै हुनेछ ।

कतारी राजाको सम्मानमा राष्ट्रपति पौडेलले आज राजकीय भोजको आयोजनासमेत गर्नुभएको छ । कतारी राजा पहिलोपटक नेपाल भ्रमणमा आउनुभएको हो ।

कतारी राजाको नेपाल भ्रमणका क्रममा सम्मानस्वरुप सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ ।

सिंहदरबारमा हिजो (सोमबार) बसेको मन्त्रीपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि कतारी राजाले आजै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । भेटका क्रममा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय छ ।

कतारी राजा भोलि (बुधबार) नेपाल भ्रमण सकेर स्वदेश फर्कने कार्यतालिका छ ।

कतारका राजाको भ्रमणका क्रममा नेपाल सरकारले कतारलाई दुईवटा हात्ती उपहार दिनेसमेत तयारी गरेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ११, २०८१ १६:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid