April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ

  • साझा परिवेश
  • सोमवार, बैशाख ३१, २०८१ १४:११
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ

काठमाडौँ । अमेरिका र क्यानडा लैजाने प्रलोभन देखाइ मानव तस्करी गरी ठगी गर्ने मुख्य गिरोहलाई प्रहरीले सार्वजनिक गरेकाे छ। काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका ३ जनालाई साेमबार सार्वजनिक गरेकाे हाे।

पक्राउ पर्नेमा ओखलढुंगाका ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँका ४६ वर्षीय विष्णुबहादुर बराली र तनहुँकै ४८ वर्षीय जंगबहादुर विक रहेका छन्।

भारतीय प्रहरीसँगको समन्वयमा उनीहरूलाई दिल्लीबाट पक्राउ गरेर ल्याइएको अनुसन्धानका संलग्न डीएसपी गोविन्द पन्थीले जानकारी दिए । । सो गिरोहका ३ जना यसअघि नै पक्राउ परेका थिए । उनीहरुले अहिलेसम्म ७ करोड ५० लाख ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी पन्थीले बताए ।

पीडितहरूले उनीहरु बिरुद्ध ५ करोड ५० लाख बिगो बराबरको जाहेरी दिएका छन् । यसअघि पक्राउ परेकी सिन्धुपाल्चोकको सिदुर्चे गाउँपालिका–२ घर भएर गोकर्णेश्वर बस्ने ४३ वर्षीय ङिमवटी शेर्पाका श्रीमान् दावा अमेरिकामा छन् । अमेरिकामा जेल परे पनि दावाले निकाल्ने आश्वासन दिएर अवैध बाटोबाट अमेरिका पठाउने नाममा उनीहरुले रकम असुलेका हुन् ।

जगतबहादुर विक सहितका ३ जनाले विगत एक वर्षदेखि भारतमा बसेर ठगी धन्दा चलाएको जानकारी दिए । उनीहरूले अमेरिका, क्यानडालगायतका मुलुकहरुमा प्रतिव्यक्ति ४ लाखमाथिको आकर्षक तलब हने प्रलोभनमा पारी अमेरिका जानको लागि प्रतिव्यक्ति ४० देखि ५० लाख र क्यानडाको लागि प्रतिव्यक्ति २२ देखि ३० लाखसम्म लाग्ने भनी विश्वास दिलाएर १० जना पीडितबाट ५ करोड ५० लाख रकम लिएर खुलेकाे प्रहरीले जनाएकाे छ।

नेपालमा टासी शेर्पा, ङिमवटी शेर्पा र निमा शेर्पालाई एजेन्टको रुपमा राखी उनीहरूले भारतको नयाँ दिल्लीमा बसेर संगठित रुपमा मानव तस्करी एवम् ठगी गर्दै आएको प्रहरीकाे दाबी छ।

प्रहरीका अनुसार अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगान्डा लगेर राहदानी तथा डलर खोसी ६ देखि ९ महिनासम्म अलपत्र पारी राखेको थिए।

उनीहरूले केन्या र युगान्डामा सम्बन्धित देशको नागरिकसमेतलाई एजेन्ट राख्ने गरेको थिए। अमेरिका पुऱ्याउन ब्राजिल, कोलोम्बिया, मेक्सिकोमध्ये कुनै एक रुट प्रयोग गर्ने गरेको खुल्न आएको प्रवक्ता रेग्मीले भनाइ छ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ३१, २०८१ १४:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट