काठमाडौं । आज दिउसो १ बजेका लागि बोलाइएको संसद्को संयुक्त सदनको बैठक सरकारको अनुरोधमा दुई घण्टापछिका लागि सारिएको छ । जस अनुसार बैठक आज दिउँसो ३ बजे बस्नेछ ।
आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गरिँदैछ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने कार्यसूचि रहेको छ ।
बजेट सार्वजनिक भएपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्नेछ । दुवै सभाको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट सभासमक्ष पेस गरिनेछ ।