April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै

डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारको अक्षयकोषमा पत्रकार गौतमले गरे सहयोग

  • साझा परिवेश
  • सोमवार, साउन १४, २०८१ २१:0९
डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारको अक्षयकोषमा पत्रकार गौतमले गरे सहयोग

बिर्तामोड । जनपक्षीय पत्रकार देवकुमार आचार्यको स्मृतिमा स्थापित डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारको लागि स्थापित अक्षयकोषमा पत्रकार राजेन्द्र गौतमले नगद सहयोग गरेका छन् । हिमालय टाइम्सका झापा सम्वाददातासमेत रहेका नेपाल प्रेस युनियनका नेता गौतमले नगद पाँच हजार एक रुपैयाँ सहयोग गरेका हुन् ।

प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारको अक्षयकोषमा सहयोग गर्न पाउँदा खुसी लागेको गौतमले बताए ।

जनपक्षीय पत्रकार आचार्यलाई २०५९ साउन ७ गते चारआलीस्थित सेनाको ब्यारेकमा हत्या गरिएको थियो । आचार्यको स्मृति दिवसको अवसरमा प्रत्येक वर्ष साउन ७ गते प्रेस सेन्टर झापाले उत्कृष्ट जनपक्षीय पत्रकारलाई पुरस्कार वितरण गर्दै आएको छ ।

पुरस्कार वितरणलाई नियमित र सहज बनाउनका लागि कोष स्थापना गरिएको प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष राजु पाठकले जानकारी दिए । पाँच हजार रुपैयाँबाट शुरू गरेको पुरस्कार राशि यो वर्षबाट वृद्धि गरी ४२ हजार रुपैयाँ पुर्याइएको उपाध्यक्ष होमप्रकाश अधिकारीले जानकारी दिए । दश लाख रुपैयाँको कोष बनाउने लक्ष्य राखिएको बताउँदै उनले कोषमा सहयोग गरिदिन सबैलाई आग्रहसमेत गरे ।

  • साझा परिवेश
  • सोमवार, साउन १४, २०८१ २१:0९

प्रतिक्रिया

नेपाल अपडेट