April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल

यस्तो आरोप लगाउदै कुलमानलाई हटायो सरकारले

  • साझा परिवेश
  • बुधबार, चैत्र १३, २०८१ १६:0९
यस्तो आरोप लगाउदै कुलमानलाई हटायो सरकारले

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले मङरगलबार बेलुका पदबाट हटाएको पत्र थमायो। तर, सो पत्रमा सरकारले कारण उल्लेख गर्त्यगरेको कारणमाथी गम्भीर प्रश्न उठेको छ । सरकारकै अवरोधले उद्योगीको बक्यौता उठाउने काम गर्न नदिएर सुरुमा अवरोध सिर्जना गर्‍यो, अनि अहिले त्यहीँ काम नगरेको भन्दै कुलमानलाई हटाइएको छ ।
मन्त्रिपरिषद्ले २५ कात्तिकमा उद्योगीको बक्यौता उठाउने निर्णय गरेको थियो , कुलमानलाई तत्काल यो निर्णय कार्यान्वयन गर्न भनियो । तर, २ मंसिरमा सरकारले बक्यौता जाँचबुझ समिति गठन गरेर एकाएक रकम असुली प्रक्रिया रोक्न भन्यो।
११ मंसिर र ९ फागुनमा विद्युत् नियमन आयोगले बक्यौता उठाउन नपाउने निर्देशन दियो। ३ चैतमा सर्वोच्चले समितिलाई रोक्न भनेपछि मात्रै कुलमानले बक्यौता उठाउने प्रक्रिया सुरु गरेका थिए। तर, मंगलबार सरकारले उनलाई हटाउने पत्र दियो, जसमा कारण बक्यौता नउठाएको भनेर मुख्य आरोप राखिएको थियो । यसरी सरकारले पहिले काम गर्न नदिने, अनि त्यही काम नगरेको आरोप लगाएर हटाएको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र १३, २०८१ १६:0९

प्रतिक्रिया

नेपाल अपडेट