७० वर्षीया एक अमेरिकाकी महिला साथीहरूसँग मुक्तिनाथ भ्रमणका लागि नेपाल आएकी थिइन् । त्यसबेला नुवाकोट बेलकोटगढी नगरपालिका ४ की ३७ वर्षीय सरिता लामासँग लामाको सामान्य चिनजान भयो । चिनजान भएपछी ती महिलाले नेपालमा रहँदा घुम्ने ठाउँहरूको बारेमा लामाले जानकारी राखिन् । सोही क्रममा सरिता लामाले पोखराको लेकसाइडस्थित एक होटलमा बसिरहेकी अमेरिकनलाई घरमा लैजान्छु भनेर लगिन् । तर उनले घर नलगी उनको अपहरण गरेर पोखराबाट चितवन हेटौँडा हुँदै पर्सातिर लगेको भेटियो । उनलाई त्यहाँबाट भारतसम्म लैजाने तयारी रहेको थियो । ति महीलाको अपहरण गरी लुकाएर लामाले फिरौती माग्न थालिन् । त्यस घटनाको बारेमा नेपालस्थित अमेरिकन दूतावासले कास्की प्रहरीमा खबर पठायो । कास्की प्रहरीले तुरुन्तै अनुसन्धान टोली खटाएर अनुसन्धा गरीपछी अमेरीकी महिलाको सकुशल उद्धार रीएको छ ।
फिरौती उठाउन अमेरिकी नागरिक अपहरण गर्ने महिला पनि पक्राउ परेकी छिन् । नुवाकोट बेलकोटगढी नगरपालिका ४ की ३७ वर्षीय सरिता लामालाई पक्राउ गरिएको हो ।
लामाले ३ लाख युरो अर्थात् साढे ४ करोड फिरौती मागेकी थिइन् ।
आफ्नो साथीहरुसंग मुक्तिनाथ मन्दिर भ्रमणको लागि नेपाल आएकी ती अमेरिकी वृद्धा अपहरणमा परेको सूचना पाउना साथ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले ती अपहरणमा परेकी अमेरिकी वृद्धालाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १९ नेवारपानीबाट अपहरणमुक्त गरेको प्रहरीले जनाएको छ ।
हाल जिल्ला प्रहरी कार्यालय हिरासतमा रहेकी सरिता लामाविरुद्ध कास्की जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।