काठमाडौं । नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा हुँदैछ । शुक्रबार र शनिबार राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ । त्यसअघि शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने कार्यक्रम रहेको छ । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाडौंमा आइसकेका छन् । केन्द्रीय महाधिवेशनमा राष्ट्रिय […]
काठमाण्डाै – हिजो दिउँसो ४ बजेदेखि समस्या देखिएको इन्टरनेट सेवा रातिदेखि सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकले आपूर्ति नियमित गरेसँगै अवरुद्ध भएकाे झन्डै सात घण्टापछि नेपालमा इन्टरनेट चल्न थालेको हो । इन्टरनेट अवरुद्ध भएलगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेवा अवरुद्ध हुने गरी कुनै कार्य नगर्न/नगराउन सेवा प्रदायक निकायहरूलाई आग्रह गरेको थियो । त्यसलगत्तै […]
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज दिउँसो बस्दैछ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्ने गरी बोलाएको बैठकमा सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ । गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न आँटेको हो । हिउँदे अधिवेशन वैशाख २५ का लागि बोलाउने […]
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा रहने छ । कोशी […]
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकार भएको दाबी गरेका छन् । बलात्कार मुद्दा खेपिरहेका लामिछाने टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश हुन नसकेपछि उनले सामाजिक सञ्जालमा निराशा व्यक्त गरेका हुन् । नेपाली टोलीको घोषणा हुने बित्तिकै एउटा इमोजीसहितको पोस्ट गरेका सन्दीपले त्यसपछि अर्को पोस्ट गर्दै समयले सत्य उजागर गर्ने आशा व्यक्त गरेका हुन् […]
काठमाण्डौ – तराई मधेशका धेरै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । केही दिनदेखि तापक्रम बढेसँगै लुम्बिनीका तराई भेग र मधेश प्रदेशमा तातो हावाको लहर चलेको छ । जल तथा मौसम विज्ञान विभागले यसअघि नै सूचना निकालेर आजसम्म तातो हावाको लहर चल्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको थियो । तर भोलिदेखि पनि तातो […]
युवराज रेग्मी बैशाख २०, झापा / नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका किर्तिमानी फुटबलरको अलावा मोफसलमा पनि फुटबल खेलप्रति युवाहरूको क्रेज उत्तिकै रहेको पाइन्छ । यसै परिप्रेक्षमा “लागुऔषध विरुद्ध हाम्रो अभियान , खेलकुदमा युवाको योगदान” नाराका साथ लागुपदार्थ तथा दुर्ब्यसन विरुद्ध युवाहरुलाई खेलकुदको माध्यमबाट सकारात्मक दिशातर्फ लगाब दिलाउन झापाको कमल गाउँपालिकामा यहि बैशाख १७ गते देखि […]
काठमाडौँ । पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपालले आज वेस्ट इन्डिज ए विरुद्ध तेस्रो खेल खेल्दैछ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिज ए ले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ । वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेटको क्षतिमा २२७ रन जोड्यो । उसका लागि जोनसन चाल्र्सले शतकीय […]
काठमाण्डौ – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । निगमले डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५८ रुपैयाँ र तेस्रो वर्गका […]
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, […]
काठमाडौँ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँमा वायु प्रदूषणक अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक […]
काठमाण्ठौ – सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति गैरकानुनी भएको दाबीसहित परेको दायर रिट खारेज गरेको छ । पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका तर्फबाट दायर रिट न्यायाधीश सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासले खारेज गरेको हो । निवेदका तर्फबाट गरिएको मागदाबी नपुग्ने सर्वोच्चको आदेशमा उल्लेख छ । मुख्यमन्त्रीको बहुमत रहे नरहेको बहुमतको वैधानिकता […]