ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले भूमिहीनलाई निस्सा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग ताप्लेजुङको समन्वयमा दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दैआएका परिवारलाई निस्सा वितरण गरेको हो । मिक्वखोला–१ र २ मा आठ÷आठ परिवारलाई निस्सा वितरण गरिएको हो । मिक्वखोला–३ मा दुई, वडा नं ४ मा तथा वडा नं ५ मा दुई परिवारलाई […]
नवीन गर्तौला / इटहरी÷कोशी प्रदेशको इटहरीमा आगामी फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म प्रादेशिक ललितकला प्रदर्शनी–२०८० आयोजना गरिने मूल आयोजक समितिका संयोजक तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सञ्जय बान्तवा राईले जानकारी दिए । सुनसरीको इटहरी मेट्रिक्स परिसरमा आज शुक्रबार सम्पन्न प्रेस मिटमा राईले सो जानकारी दिएका हुन । प्रदर्शनी नेपाल ललितकला प्रज्ञा प्रतिगठानको आयोजना, […]
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही समय गृहकार्य गरेर काम अघि बढाउने बताएका छन् । शुक्रवार सामाजिक सञ्जाल फेसबुकबाट महाशिवरात्रि, अन्तर्राष्ट्रिय नारी दिवस र नेपाली सेना दिवसका अवसरमा संक्षिप्त शुभकामना व्यक्त गर्दै उनले काम गर्न चेक लिस्टसहित आएको र काममा कुनै सम्झौता नहुने बताएका छन् । उनले लेखेका छन्– ‘चेक लिस्टसहित आएका छौँ […]
हिन्दु धर्मावलम्बीहरूले महादेवको आराधना, भजनकीर्तन, पूजा, होम गरी महाशिवरात्रि पर्व मनाउँदैछन्। महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथको मन्दिरमा दर्शनका लागि बिहानैदेखि ठूलो घुइँचो लागेको छ। हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा सो मन्दिर रहेकाले प्रत्येक वर्ष आजको दिन मन्दिरमा मेला लाग्ने गर्दछ। पशुपति क्षेत्रमा मेला भर्न आउने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूको सुविधाका लागि सधैझैं यसवर्ष पनि विशेष प्रबन्ध […]
बचत फिर्ता नगर्ने झापाका सहकारी सञ्चालकहरू पक्राउ पर्न थालेका छन् । यसक्रममा बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष र व्यवस्थापक पक्राउ परेका हुन् । सहकारीका सञ्चालक तथा व्यवस्थापकको मिलेमतोमा १ करोड ९० लाख रुपैयाँ हिनामिना भएको उजुरीका आधारमा उपाध्यक्ष नारायण श्रेष्ठ र व्यवस्थापक केशवकुमार भण्डारी हिजो पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । […]
काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । यसअघि सूचना टाँसेर स्थगन भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो । प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १ः१७ बजे संघीय संसद् भवनमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र […]
काठमाडौँ । नवनियुक्त रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौँ–तराई द्रुतमार्गलाई समयमै सक्न मन्त्रालय र नेपाली सेनाका उच्चअधिकारीलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित कार्यालयमा बुधवार पदबहाली गर्दै मन्त्री उप्रेतीले नेपाली जनताको आशा र अपेक्षाको विषय रहेको उक्त आयोजनामा ढिलाइ भएको विषयमा आफू जानकार रहेको र अब निर्धारित समयमै सकाउन मन्त्रालयका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने बताए […]
नोबेल शिक्षण अस्पतालको शौचालयमा मृत अवस्थामा नवजात शिशु फेला परेका छन् ।आकस्मिक कक्षको महिला शौचालयमा सालनाल सहितको शिशु मंगलबार राति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अन्दाजी ४ महिनाको जस्तो देखिने शिशु फेला परेको हो ।अवैध यौन सम्पर्कबाट गर्भ बसेपछि जन्मिएको शिशुलाई शौचालयमा फ्यालिएको हुनसक्ने प्रहरीको […]
धरान । कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाअन्तर्गत धरान–इटहरी सडकको सेउती–पानीपिया सडकखण्ड निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । समयमै सडक निर्माण नहुँदा यात्रुले सास्ती भोगिरहेका छन् । धरानको सेउतीपुलदेखि इटहरीको तरहरास्थित पानीपियासम्मको पाँच दशमलव तीन किलोमिटर सडक निर्माणमा ढिलाइ हुँदा यात्रुलाई समस्या भएको छ । लामो समयदेखि जताततै सडक भत्काइएको छ । बर्खामा हिलो र […]
काठमाण्डौ – काठमाण्डौ महानगरमा लक्षित वर्गको निःशुल्क उपचारका क्रममा अहिलेसम्ममा ११ जनाले सेवा लिएका छन् । उनीहरुमध्ये ५ जना उपचारपछि घर फर्किसकेका महानगरले जनाएको छ। निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८० बमोजिम फागुन १ गतेदेखि सेवा दिन काठमाण्डाै महानगरपालिकाले अस्पतालहरुलाई पत्र पठाएको थियो । सेवालाई व्यवस्थित र पारदर्शी बनाउन अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको […]
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले कसैलाई प्रधानमन्त्री अफर नगरेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत उनले अमुक व्यक्तिलाई प्रधानमन्त्री अफर गरेकोबारे प्रश्नहरू आएको भन्दै उनले कसैलाई कुनै प्रस्ताव नगरिएको बताए । महामन्त्री शर्माले नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भूमिका निभाउन नेपाली कांग्रेस तयार रहेको पनि बताए । शर्माले लेखेका छन्– ‘नयाँ गठबन्धनलाई […]
धादिङ – धादिङको घाटबेँसीबाट त्रिशुली नदिमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । ज्यान गुमाउनेमा पाँच पुरुष र एक महिला छन् । ३८ जना यात्रुको उद्धार गरिएको छ । सात जनालाई थप उपचारकाे लागि काठमाण्डाै लगिएकाे तथा तथा अरुहरुकाे भने गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भैरहेको धादिङ प्रहरीले जानकारी दिएकाे […]