December 23, 2025 | मङ्लबार, पुस ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत

कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई नेपाल आइपुग्नुभएको छ । उहाँलाई राष्ट्रपति पौडेलले त्रिभुवन विमानस्थलमै पुगेर स्वागत गर्नुभएको छ । उहाँको सम्मानस्वरुप नेपाली सेनाले २१ तोपको सलामी दिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार राजकीय दुईदिने भ्रमणका लागि नेपाल आउनुभएका कतारी राजा थानीसँग राष्ट्रपति पौडेलको औपचारिक भेट भने […]

  • २ years अगाडि
गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए

गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए

जनकपुरधामको रामानन्द चोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा महिला र एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । प्रहरीका अनुसार महिला विवाहित हुन् भने युवक अविवाहित । होटलको कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरू एकसाथ झुण्डिएको अवस्थामा फेला परेको धनुषा प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । मृतकहरूमा लोहारपट्टी नगरपालिका-४ महोत्तरीकी २५ वर्षीया प्रियंका […]

  • २ years अगाडि
सहकारी ठगहरूको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं : लामिछाने

सहकारी ठगहरूको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं : लामिछाने

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानुन संशोधन गरेर सहकारी पीडितलाई न्याय दिने पहल सुरु गरिसकेको दाबी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानले मंगलबार इलाम २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले अहिले कानुनकै कारण सहकारीका ठगहरुलाई कारबाही गर्न नसकिएको बताए। आफूले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएर कानुन संशोधन गरी सहकारी पीडितलाई […]

  • २ years अगाडि
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै

स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव जनसंख्या सम्बन्धी सम्मेलनमा भाग लिन अमेरिका जाने भएका छन् । जनसंख्या विकास सम्बन्धी ३० औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन २७ अप्रिल (१६ वैशाख)मा मन्त्री यादव सहितको टोली अमेरिका जान लागेको हो । मन्त्रालयका अनुसार मन्त्री यादवको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्वय महाशाखा प्रमुख डा. चुमनलाल […]

  • २ years अगाडि
‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’ : राजेन्द्र लिङ्देन

‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’ : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा नवीन समझदारीका आधारमा राजसंस्था स्थापना गर्न माग गरेका छन् । मंगलबार कतारका राजा शेख तमिम बिन हमद अल थानीलाई नेपाल भ्रमणमा स्वागत गर्दै उनले कतारका राजालाई नेपाल सरकारले राखेको स्वागत कार्यक्रमको प्रशंसा गरेका हुन् । उनले नेपालमा पनि राजसंस्था राख्नका लागि हीनताबोध नगर्न र नयाँ समझदारीका […]

  • २ years अगाडि
रबि लामिछानेको आठ वर्षअघिको ‘फेसबुक स्टाटस’ भाईरल बनेपछि बल्ल खोले मु ख

रबि लामिछानेको आठ वर्षअघिको ‘फेसबुक स्टाटस’ भाईरल बनेपछि बल्ल खोले मु ख

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री लामिछानेले कतारका अमिर आउने दिन आज सार्बजनिक बिदा दिएको विषयमा घुमाउरो किसिमले स्पष्टिकरण दिदै विगतका कयौं निर्णय र परम्परा लाई नितिगत निर्णय गरि सच्याउनु पर्ने बताएका हुन् । उनले भनेका छन्- विगतका कयौं निर्णय र […]

  • २ years अगाडि
गृहमन्त्रीलाई ज्ञानेन्द्रको सुझाव- विदेशी राजाका खुट्टा ढोक्न जानुभन्दा आफ्नै राजा फर्काउन लाग्नुस्

गृहमन्त्रीलाई ज्ञानेन्द्रको सुझाव- विदेशी राजाका खुट्टा ढोक्न जानुभन्दा आफ्नै राजा फर्काउन लाग्नुस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कतारका राजा आउँदा सार्वजनिक बिदा दिएकाे भन्दै गृहमन्त्री रवि लामिछानेसँग आक्राेश पाेखेका छन्। उनले मंगलबार सामाजिक सञ्जालमा गृहमन्त्री लामिछानेकाे टिप्पणी गर्दै विदेशी राजाका खुट्टा नै ढोक्न जानुभन्दा आफ्नै देशका राजा फर्काउने अभियानमा लाग्न सुझाव दिएका छन्। सांसद शाहीले लामिछाने र अरु नेतामा फरक नभएकाे समेत टिप्पणी गरेका […]

  • २ years अगाडि
अश्लील गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ

अश्लील गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ

काठमाडौं । अश्लील गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले सिन्धुली तीनपाटन गाउँपालिका– ८ का कमलप्रसाद अधिकारीलाई पक्राउ गरेको छ । हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका–८ मा बस्ने ३६ वर्षीय अधिकारीलाई प्रहरीले वैशाख ८ गते शनिबार पक्राउ गरेको हो । पाथीभरा माता नाम गरेको फेक फेसबुकमार्फत रोजगारीका लागि फिजिकल फिटनेसको जाँच गर्नुपर्ने […]

  • २ years अगाडि
आज विशेष हनुमान जयन्ती

आज विशेष हनुमान जयन्ती

काठमाडौँ । आज चैत्र शुक्ल पुर्णिमा अर्थात हनुमान जयन्ती । पञ्चाङका अनुसार पूर्णिमा तिथि काठमाण्डौको समय अनुसार ११ गते विहान ३: ४७ बजेदेखि १२ गते विहान ५:४३ वजेसम्म रहेको छ अर्थात मंगलबार दिनभित्र रहेको छ । हनुमान जयन्तीमा, दिनको शुरुवात धार्मिक स्नानबाट सुरु गर्नुपर्छ । यसदिन भक्तहरू हनुमान मन्दिर जान्छन् वा घरमा पूजा गर्छन् । […]

  • २ years अगाडि
इलाम–२ मा स्वतन्त्र उम्मेदवार लिम्बुलाई समर्थन गर्ने आजपाकाे निर्णय

इलाम–२ मा स्वतन्त्र उम्मेदवार लिम्बुलाई समर्थन गर्ने आजपाकाे निर्णय

आम जनता पार्टी (आजपा)ले इलाम–२ मा आउँदो १५ वैशाखमा हुने उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुलाई समर्थन गर्ने निर्णय गरेको छ। आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले आज एक विज्ञप्ति जारी गर्दै पहिचानवादीहरुको तर्फबाट साझा स्वतन्त्र उम्मेदवार रहेका लिम्बुले ८ वैशाखमा आजपालाई सहयोग र समर्थनको आग्रह गर्दै पत्राचार गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उपनिर्वाचनमा आफ्नो […]

  • २ years अगाडि
देउवाको एमालेलाई प्रश्न- मदन भण्डारीको हत्यारा किन नखोजेको ?

देउवाको एमालेलाई प्रश्न- मदन भण्डारीको हत्यारा किन नखोजेको ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता किन नलगाएको भन्दै एमालेसँग प्रश्न गरेका छन् । एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई गालि गरिएको भन्दै आक्रोशित हुदै विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति भएको र एमालेका नेताहरु पटक पटक प्रधानमन्त्री भएपनि मदन भण्डारीको मृत्यु किन […]

  • २ years अगाडि
विशेष अदालतले सफाइ दिएपछि मरासिनीलाई अर्थसचिवको जिम्मेवारी

विशेष अदालतले सफाइ दिएपछि मरासिनीलाई अर्थसचिवको जिम्मेवारी

काठमाडौं- सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो। राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा मरासिनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियाे। विशेष अदालतले उनलाई सफाइ दिएपछि मन्त्रिपरिषदले अर्थसचिवको जिम्मेवारी दिएको हो। अर्थकाे सचिवमा मरासिनी आएसँगै हालका अर्थसचिव कृष्णहरि पुस्करलाई […]

  • २ years अगाडि