काठमाडौं । नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने बताएकी छन् । शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक समयमा बोल्दै उनले नेपालले आफ्नै स्रोत र साधनको प्रयोग गरेर आर्थिक उपार्जन गर्न सक्ने बताइन् । यसका लागि स्थानीय रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने उनको धारणा छ । पहाडी […]
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मन्त्रीहरूलाई सभामा उपस्थित भई प्रादेशिक सरोकार समयमा उठेको प्रश्नको जवाफ दिन निर्देशन दिएका छन् । शुक्रबारको राष्ट्रियसभा बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै सांसदहरूले विकास निर्माणसँग सम्बन्धित र विभिन्न विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका थिए । लगत्तै अध्यक्ष दाहालले प्रादेशिक सरोकार समयमा उठाएका विषयहरूको सम्बन्धमा सम्बन्धित मन्त्रीलाई सभामा उपस्थित भई […]
काठमाडौं । सरकारले दर्जनौं कानून फास्ट ट्रयाकबाट संशोधन गर्ने तयारी गरिरहेको प्रवक्ताले जानकारी दिएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले दर्जनभन्दा बढि कानूनहरू फास्ट ट्रयाकबाट संशोधन गर्ने तयारीमा जुटेको जानकारी दिएकी हुन् । नेपाल इटाली च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको १० औँ वार्षिक साधारणसभामा शुक्रबार उनले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा पनि वैदेशिक […]
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकका गुनासाे सम्बाेधनमा प्राथमिकता दिन सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय, झापामा आयाेजित कार्यक्रममा गृहमन्त्री लामिछानेले नागरिकलाई आशा र उत्साह जगाउन सकारात्मक सन्देश जाने गरी काम गर्न निर्देशन दिएका हुन्। ‘कानुनले दिएकाे जिम्मेवारी पूरा गर्नुस्। कानुनभन्दा माथि कसैले काम गर्न दबाब र प्रभाव दिए मलाई भन्नुस्’, उनले […]
ठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले २०८४ को आम निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो दल बन्ने दावी गरेका छन् ।माओवादी धारका पार्टीहरूबीच एकता प्रक्रिया अगाडि बढेको भन्दै मकवानपुरमा आज माओवादी केन्द्रका कार्यकर्तासँगको भेटमा दाहालले आगामी दिनमा माओवादीहरू एकताबद्ध हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले माओवादी निकट दलहरुको एकताले नै आफ्नो पार्टीलाई सबैभन्दा ठूलो दल बनाउने […]
वैदेशिक रोजगार कार्यालय ताहचलले ३ सिफ्टमा सेवा दिन थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति दिने व्यवस्था गर्न भनेपछि कार्यालयले वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृति दिने सेवा २ वटा सिफ्टबाट ३ वटामा विस्तार गरेको हो । अब सेवाको टोकन जारी भएकै दिनमा श्रम स्वीकृति जारी गर्न सकिने श्रम […]
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाहरुको मिटर ब्याजलगायतका ऋणहरु मिनाहा गर्ने कार्यक्रम ल्याउने बताएकी छन् । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले वडास्तरबाट विपन्न महिलाहरुको पहिचान गरी उनीहरुको मिटरब्याजलगायतका ऋण मिनाहा हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउन लागेको बताएकी हुन् । ‘अति विपन्न महिलाहरुको लागि चाहिँ वडास्तरबाटै मिटरब्याज […]
पाल्पामा पधेंरोमा नुहाउन गएकी १९ वर्षकी युवतीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकजना पक्राउ परेको छ । रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी पद्मा सुनारको हत्या अभियोगमा प्रहरीले स्थानीय सागर भनिने देवलाल सार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । १३ चैतमा देवलालले धारिलो हतियारको प्रयोग गरी पद्माको हत्या गरेको प्रहरीको भनाइ छ । देवलालले पद्मासंग भनाभन हुँदा आवेशमा […]
निर्माण व्यवसायीले सम्झौता अनुरुपको गुणस्तरीय काम नगरेकोमा प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुनासो गरेका छन् । उनले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको पनि बताएका छन् । हेटौंडा नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीहरूले सम्झौताबमोजिम काम नगर्दा योजनाका काम समयमै सम्पन्न नभएको […]
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने भएका छन् । शुक्रबारविश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको हो । गत फागुन २३ मा नेपाली कांग्रेसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिदै सरकारबाट बाहिरिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान […]
गुण्डागर्दी फैलाएको आरोपमा कपनबाट एक जना पेस्तोलसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बु रहेका छन्। गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरूको खोजतलास गर्ने क्रममा शंकास्पद गतिविधिहरू गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।
सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र सवारी साधन नचलाउन र शव गाड्न वैकल्पिक स्थान खोज्न आदेश दिएको छ । पशुपति क्षेत्र पूरातात्विक महत्वका साथै धार्मिक, सांस्कृतिक सम्पदा भएको भन्दै सर्वोच्चले पशुपति क्षेत्रभित्र सवारीसाधन चल्ने कुनैपनि बाटो नखोल्न पनि आदेश दिएको हो । त्यस्तै खोलिसकेको भए बाटो बन्द गर्न र त्यस्तो बाटोमा इञ्जिनबाट चल्ने सवारीसाधन नचल्ने सुनिश्चितता गर्न […]