घोराही (दाङ), १५ असोज : दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिनुभयो । डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो । उहाँकोे […]
क्वार्टरफाइनलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाबीच प्रतिस्पर्धा हुने चीनमा जारी १९औं एसियन गेम्सअन्तर्गत क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ। आज भएको ड्रमा नेपालको अन्तिम आठमा भिडन्त भारतसँग हुने तय भएको हो। यो खेल भोलि मंगलबार हुनेछ। अन्य क्वार्टरफाइनलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाबीच प्रतिस्पर्धा […]
काठमाडौं । नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सोमबार दिउँसो गरिने भएको छ । आइतबार राति साढे १० बजेदेखि सुरु भएर सोमबार बिहान साढे ५ बजे मतदान सकिएको मतदानको मत गणना सोमबार दिउँसो १ बजेदेखि गर्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा कूल ९ सय ९७ मतदातामध्ये ९ सय […]
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले झण्डै एक करोड रुपैयाँको बियर नष्ट काठमाण्डाै – वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले झण्डै एक करोड रुपैयाँको बियर नष्ट गरेको छ । बजार अनुगमनका क्रममा म्याद गुज्रिएको पाइएपछि ९७ लाख ५६ हजारभन्दा धेरै रुपैयाँ बराबरको बियर नष्ट गरिएको विभागले जनाएको छ । काठमाण्डौको धुम्बाराहीबाट बरामद भएको […]
१९औं एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग भिड्ने काठमाडौँ । चीनमा जारी १९औं एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग भिड्ने भएको छ। नेपाल र भारतबीचको खेल मंगलबार बिहान पौने ७ बजे सुरु हुनेछ।आज भएको लक्की ड्रबाट नेपाल र भारतको भेट क्वार्टरफाइनलमा पक्का भएको हो। समूह चरणको पहिलो खेलमा नेपालले मंगोलियाविरुद्ध २ सय ७३ […]
अभिनेता अनमोल केसी प्रहरी हिरासतबाट छुटे काठमाडौँ । अभिनेता अनमोल केसी प्रहरी हिरासतबाट छुटेका छन् । शुक्रबार साँझ ‘अपराधिक विश्वासघात’को आरोपमा पक्राउ परेका केसीलाई जिल्ला अदालत काठमाडौंले आजसम्मका लागि मात्र हिरासतमा राख्न अनुमति दिएसँगै प्रहरीले उनलाई छाडेको हो । प्रहरीले उनलाई हाजिरी जमानीमा छाडेको हो । अब उनी प्रहरीले बोलाएको खण्डमा उपस्थित हुनुपर्नेछ । तर, […]
स्वास्थ्य क्षेत्रमा उच्छृङ्खलता हुन नदिने :मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अन्नपूर्ण (कास्की), १५ असोज ः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रमा उच्छृङ्खलता हुन नदिने बताउनुभएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रलाई सुरक्षित बनाउन सबैले सामूहिक रुपमा काम गर्नुपर्दछ भन्नुभयो […]
जरिबाना रकम आउँदाे एक हप्ताभित्र बैंक खातामा जम्मा गर्न कामपाको आग्रह काठमाण्डाै – पेयपदार्थमा अखाद्य वस्तु भेटिएपछि काठमाण्डाै महानगरपालिकाले वडा ३२ पेप्सीकोलामा रहेको वरुण वेभरेजलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ । कामपाले हिजाे गरेको बजार अनुगमनका क्रममा ढुसी परेको पेयपदार्थ (स्लाइस) फेला परेपछि उत्पादक कम्पनीलाई कारबाही स्वरुप दुई लाख रुपैयाँ जरिबाना गरिएको काठमाण्डाै महानगर […]
काठमाण्डाै – सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । २३ जना घाइते भएका छन् । हिजो दिउँसो सप्तरीको राजविराजबाट जनकपुरका लागि छुटेको ना ४ ख ७१८७ नम्बरको बस दुर्घटना भएकाे हाे । दुर्घटनामा बसका सहचालक समेत रहेका धनुषाको जनकपुर उपमहानगरपालिका–२० का ५३ वर्षीय अनिलकुमार झा र मिर्चैया–२ का ४० वर्षीय राजकुमार […]
जिल्ला स्तरीय अन्तर विद्यालय मा.वि. तह (रनिङ सिल्ड ) हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गंगाराम मण्डल इनरुवा । कोशी प्रदेशको सुनसरीमा जिल्ला स्तरीय अन्तर विद्यालय मा.वि. तह (रनिङ सिल्ड ) हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति सुनसरीको आयोजना तथा नगर प्याब्सन इटहरीको संयोजनमा असोज १२ गते […]
मेष– पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, नया कामको थालनी आज नगर्नु होला । मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला, रोगले पनि सताउन सक्छ । खानामा सचेत रहनु पर्ने दिन छ । वृष– कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, धनको साथै अन्नको पनि लाभ हुन सक्छ । प्रेमको प्रसंग सुखद […]
१४ असोज, काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छन् । कम्पनी सञ्चालक समितिको बैंठकले प्रमुख कार्यकारी अधिकृत रहेका चन्द्रशेखरनको राजीनामा स्वीकृत गर्दै नयाँ सीईओमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । पौडेलाई सीईओ नियुक्त गर्ने प्रस्ताव बीमा प्राधिकरणमा पठाएको छ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले पौडेललाई […]