चुनाव प्रचार प्रसारको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने सवार गाडिमाथि तोडफोड भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-४ मा चुनावी प्रचारको क्रममा गाडी रोकेर घरदैलोमा गएको बेला उनीहरूले प्रयोग गरेको बा१४च७६८४ नम्बरको सुमो गाडी तोडफोड गरिएको हो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा एक व्यक्तिले लात्तीले हानेर गाडीको अगाडिको शीसा तोडफोड गरेको देख्न सकिन्छ । स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालका अनुसार सत्ता गठबन्धनका कार्यकर्ताहरूले उक्त गाडीमा तोडफोड गरेका हुन्
प्रहरीकै अगाडि ढुङ्गा प्रहार हुनु आफू सुरक्षित नभएको बताए ।