May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

एकै व्यक्ति एकभन्दा बढी वित्तीय संस्थाको सञ्चालक हुन नपाउने

  • साझा परिवेश
  • बिहिबार, चैत्र ८, २०८० १६:३७
एकै व्यक्ति एकभन्दा बढी वित्तीय संस्थाको सञ्चालक हुन नपाउने

एकै व्यक्ति एक भन्दा बढी वित्तीय संस्थाको सञ्चालक हुन नपाउने भएका छन् ।

अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन गरी यस्तो व्यवस्था राख्ने प्रस्ताव गरेको हो । प्रचलित ऐनको दफा १४ को उपदफा २ को ‘घ’ मा वित्तीय संस्थामा संचालक रहेको व्यक्ति पूर्वाधार विकास बैंकमा संचालन हुन सक्ने व्यवस्था छ ।‘…जुनसुकै कुरा लेखिएको भएता पनि कुने बैंक वा वित्तीय संस्थामा सञ्चालक रहेको व्यक्ति पूर्वाधार विकास बैंकमा सञ्चालक हुन भने यस व्यवस्थाले बाधा पु¥र्याएको मानिने छैन’ प्रचलित ऐनको दफा १४ को उपदफा २ को ‘घ’ मा उल्लेख छ ।

यो व्यवस्थालाई पुरै हटाउने प्रस्ताव अर्थमन्त्रालयको छ । प्रचलित व्यवस्था हटाउनुपर्ने कारणमा अर्थमन्त्रालयले भनेको छ, ‘कुनै पनि एक भन्दा बढी वित्तीय संस्थाको सञ्चालक हुन नपाउने व्यवस्थ गर्न आवश्यक भएकोले ।’
प्रस्तावित विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । प्रस्तावित संशोधन प्रस्तावलाई संसदले स्वीकार गरेको खण्डमा एकै व्यक्ति एक भन्दा बढी वित्तीय संस्थाको सञ्चालक हुन पाउने छैनन् ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ८, २०८० १६:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट