६,मंसिर मेचीनगर । झापा क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माकाे अग्रता बढ्दै गएकाे छ ।
अहिले बिहान १० बजेसम्म २७ हजार ४ सय ८ मत गणना भईसक्दा शर्माले नेकपा एमालेका उम्मेद्वार अग्नि खरेललाई ५ हजार भन्दा बढीकाे फराकिलाे मतान्तरले अग्रता लिनु भएकाे छ । खरेललाई ५ हजार २ सय १ मतले पछि पार्दै शर्माले अग्रता कायम गरेका हुन् ।
शर्माले १३ हजार ८ सय ५० मत ल्याउदा खरेलले ८ हजार ६ सय ४९ मत मात्र प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले दुई हजार ५ सय ३९ मत पाएका छन् ।
झापा १ मा ८१ हजार ७ सय ६४ मत खसेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।