दमक । फेसबुकमा कमेन्ट गरेको निहुँमा विद्यार्थी कुट्ने झापाको कमल गाउँपालिका -५ पाडाजुंगीस्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगाले थापा विरुद्ध दमक प्रहरीले मुद्धा चलाएको छ ।
प्रहरीको नियन्त्रणमा रहेका उनी विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्धा चलाएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक निशान थापाले जानकारी दिए ।
शुक्रवार उनलाई जिल्ला अदालत झापामा पुरयाँएर पाँच दिनका लागि म्याद थप गरिएको प्रनाउ थापाले जानकारी दिएका छन् ।
प्रअ बगालेको कुटाईबाट पीडित भएकी विद्यार्थीका परिवारले प्रहरीमा कारवाहीको माग गदैं उजुरी दर्ता गरेका थिए । उजुरी लगत्तै उनलाई नियन्त्रणमा लिएर घटनाका बारे थप अनुसन्धान भईरहेको प्रनाउ थापाले बताए ।