March 27, 2023 | सोमवार, चैत्र १३, २०७९
सुचनाहरु
संक्रमणकालीन न्यायमा एमालेको प्रश्न : झारा टार्न मात्र विधेयक ल्याएको त होइन ? नेपाल कराते महासंघको अध्यक्षमा राखेपका पूर्वसदस्यसचिव कोशी नाम स्वीकार्न चार दलको अपील नवाजुद्दिनले भाइ र श्रीमतीमाथि गरे मानहानिको मुद्दा दर्ता दलित भनेर छुवाछुत गर्नेलाई आजीवन कारावासको सजाय दिनुपर्छः वामदेव गौतम मिटरब्याजीपीडितको समस्या समाधान गर्न सरकार गम्भीर होस् : सांसद बेलवासे अन्तिम कथा रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट लैजाने तयारी सिके राउतको कटाक्ष- मन्त्रीबिना बाँच्नै नसक्नेलाई ल्याउन बारा २ मा उपचुनाव तोकियो २६.८७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो बारा-२ का जनताले मेरो डिमान्ड गरिरहेका छन् :उपेन्द्र यादव प्रभु साहको प्रश्न : तस्कर नियन्त्रणमा कसले खाइरहेको छ ४५ प्रतिशत कमिसन ? सवारी दुर्घटनाका घाइतेलाई निःशुल्क उपचारको व्‍यवस्था गर्न माग उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबीच भेटघाट ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाऔं ११ दिन पैदलै हिँडेर मिटर ब्याज पीडित आइपुगे काठमाडौं पदम लिम्बुलाई सहिद घोषणा गर्न सांसद अशोक राईको माग प्राधिकरणको कारबाही : तीन एटीसी निलम्बित खानेपानीको ट्याङ्कीमा शव फेला रास्वपालाई ३, कांग्रेसलाई ८ मन्त्रालय– भोलिसम्म पूर्णता दिने

काठमाडौंका नयाँ अनुहार जो पहिलो पटक संसद् टेक्दैछन्

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ९, २०७९ 0८:४६
काठमाडौंका नयाँ अनुहार जो पहिलो पटक संसद् टेक्दैछन्

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सकिएको छ । देशभरका सबैजसो स्थानमा मतगणना चलिरहेको छ । केही निर्वाचन क्षेत्रहरूको अन्तिम मतपरिणामसमेत सार्वजनिक भइसकेका छन् ।  कतिपयको नतिजा सार्वजनिक हुने क्रममा रहेको निर्वाचन आयोगले जनाएको छ ।

देशकै राजधानी रहेको काठमाडौंका सबै क्षेत्रको अन्तिम मतपरिणाम आइसकेको छ । यस पटकको निर्वाचनमा काठमाडौंमा फरक परिणाम देखिएको छ । देशकै बौद्धिक समाज रहेको मानिने काठमाडौंमा प्रत्येक निर्वाचनमा फरक खालका नतिजाहरू आइरहेकै हुन्छन् ।

यस पटकको निर्वाचनमा समेत काठमाडौंले फरक परिणाम दिएको छ । पुराना स्थापित भनिएका राजनीतिक दलहरूलाई टक्कर दिँदै यस पटक यहाँ देशकै कान्छो पार्टी लोभलाग्दो गरी उदाएको छ ।

देशकै कान्छो पार्टीका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौ‌का ४ क्षेत्रमा विजय हासिल गरेको छ । काठमाडौंमा यस पटक कतिपय क्षेत्रमा पुरानै अनुहार दोहोरिएका छन् । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । सिंह यस क्षेत्रबाट पटक पटक सांसद निर्वाचित भएका छन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र झिनो मतान्तरले नेता सिंहसँग पराजित भए ।

काठमाडौं क्षेत्र नम्बर २ मा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम निर्वाचित भएकी छन् । पूर्वसभामुख रहेकी नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीलाई हराउँदै गौतम विजयी भएकी हुन् ।

विसं‍ २०५२ असार ३ गते जन्मिएकी गौतम सम्भवतः प्रतिनिधिसभाकै कान्छी सदस्य हुन् । उनी काठमाडौंका लागि समेत नयाँ अनुहार हुन् । दोलखाको तामाकोशी गाउँपालिकामा जन्मिएकी गौतमले कानूनमा स्नातक गरेकी छन् ।

काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका सन्तोष चालिसे पनि प्रतिनिधि सभामा नयाँ अनुहार हुन् ।  झण्डै चार दशक राजनीतिमा सक्रिय रहेका चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर समेत हुन् ।

यस्तै प्रतिनिधिसभा तर्फ काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा निर्वाचित छन् ।  यसअघि पनि सांसद निर्वाचित भइसकेका छन् । संघीय सरकारको स्वास्थ्य मन्त्री समेत भइसकेका थापा संसद्का लागि नयाँ अनुहार होइनन् ।

काठमाडौं ५ बाट नेपाली कांग्रेस प्रदीप पौडेल विजयी भएका छन् ।  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई पराजित गरेका पौडेल प्रतिनिधि सभामा नयाँ अनुहार हुन् ।  लामो समयदेखि राजनीतिमा सक्रिय नेता पौडेल पहिलो पटक संसद टेक्दैछन् ।

यस्तै काठमाडौं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् । पूर्व प्रहरी महानिरीक्षक समेत रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई हराउँदै शिशिर विजयी भएका हुन् । खनाल प्रतिनिधि सभामा नयाँ अनुहार हुन् ।

काठमाडौं ७ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली पनि नयाँ अनुहार  हुन् । नेकपा माओवादी केन्द्रकी मानुषी यमि भट्टराई पछि पार्दै उनी प्रतिनिधि सचा सदस्य निर्वाचित भएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ८ मा निर्वाचित भएका विराजभक्त श्रेष्ठ पनि नयाँ अनुहार हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचित श्रेष्ठ यसअघि विवेकशील साझा पार्टीबाट बागमती प्रदेश सभा सदस्य थिए । प्रतिनिधि सभामा श्रेष्ठ पनि नयाँ अनुहार हुन् ।

यस्तै काठमाडौैं क्षेत्र नम्बर ९ र १० मा भने यस पटक पनि पुरानै अनुहार दोहोरिएका छन् ।  क्षेत्र नम्बर ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै काठमाडौं १० बाट नेपाली कांग्रेसका राजन केसी निर्वाचित भएका छन् ।  श्रेष्ठ र केसी दुवै जना यसअघि पनि सांसद थिए ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ९, २०७९ 0८:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट