काठमाडौं । नेपाल खुला विश्वविद्यालयमा करिब एक वर्षदेखि डीन नियुक्त हुन सकेका छैनन् ।
दलीय भागबन्डाको कारण विश्वविद्यालयले डीन पाउन नसकेको हो । देशको कुनै पनि स्थानमा कुनै पेसा-व्यवसाय गर्दै उच्च शिक्षा हासिल गर्न चाहनेका लागि २०७३ सालमा स्थापित विश्वविद्यालयलाई दलीय राजनीतिले लथालिंग बनाएको छ ।
खुला विश्वविद्यालयको दुई वटा संकाय १५ महिना र एउटा संकाय एक वर्षदेखि डीनविहीन रहेको छ ।