झापा । मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकरभिटटा निवासी सजित तामाङ र बिमला तामाङले पचाँस हजार एक सय पाँच रुपैया सहयोग गर्ने घोषणा गरेका छन् ।
होटेल ब्यवसायी संघ मेचीनगरले आयोजन गरेको ब्यवसायीहरुको एक भेलामा होटेल ब्यवसायी संघ मेचीनगरको भवन निर्माणकार्यलाई निरन्तरता दिन सजित र बिमला तामाङले उक्त घोषणा गरेका हुन ।
ब्यवसाय संगै सामाजिक विभिन्न क्षेत्रमा सक्रिय तामाङ दम्पति मेचीनगर स्थित आसाम होटेल तथा आसाम टुरस एण्ड ट्राभल्सका प्रोपाइटर हुन ।
पर्यटन प्रवर्द्धनमा बिशेष भुमिका निर्वाह गर्ने र ब्यवसायीहरुको हक हितमा सधै काम गर्ने
होटेल ब्यवसायी संघको आफ्नै भवन निर्माण भैरहेको अवस्थामा सबै ब्यवसायीले धेरै थोरै जे सकिन्छ त्यो सहयोग गरेर भवन निर्माण सप्पन्न गर्नु सबै ब्यवसायीको कर्तव्य र सबैलाई प्रेरणा मिलोस भन्ने आशाले सहयोग गरेको तामाङ दम्पती बताउछ्न ।