December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
महिलाहरु चुप लागेर बस्ने होइन,आवाजलाई बुलन्द बनाएर आउनुस् : उपसभामुख राना थाइल्यान्ड भन्दै म्यानमार पुर्याएपछि….. सांसद अमरेशको एनसेलविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा राखियो रातदिन सरकार कसरी ढाल्ने भन्ने चलखेल भइरहेको छ : प्रचण्ड आईपीओमा १० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन सरकारमाथि नै ठुलो षड्यन्त्र हुँदैछ : प्रधानमन्त्री देउवाले कार्यसम्पादन समितिको बैठक तय गरे वैदेशिक रोजगार विभागद्वारा २५ करोड ठगी एनसेल प्रकरणसम्बन्धी छानबिन समितिले काम गर्दै भीरबाट लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरे काममा फर्किए धम्क्याउँदैमा सरकार पछि हट्दैन भन्दै गोविन्द केसीप्रति स्वास्थ्यमन्त्रीको कटाक्ष प्रदेश सरकारले खर्च घटाउनुपर्छ : प्रमुख सचेतक भण्डारी मेलम्चीको पानी काठमाडौंमा झारेकै एमालेको सरकारले हो : ओली उदयपुरमा आगलागीले अढाई करोड बराबरको क्षति पुर्यायो १ घण्टामै २ अर्बभन्दा बढी सेयरमा लगानी घट्यो सुनचाँदीको मूल्य सुन्तला कसरी टिप्ने भन्ने चिन्तामा म्याग्दीबासि इजरायली उच्च अधिकारीहरूले विपीनको खोजी गर्ने गौतमको राजीनामा लगत्तै पाण्डेयको नाम सिफारिस गौतमले संसद्को महासचिवबाट दिए राजीनामा

झापामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

  • साझा परिवेश
  • मङ्लबार, पुस १९, २०७९ १७:५२
झापामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

झापा । झापाको बुद्धशान्तिमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ जिल्ला केराबारी गाउँपालिका- ८ निवासी २१ वर्षीय २१ योसन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बुद्धशान्ति- ३ स्थित झिलमिले पुल नजिकै मङ्गलवार दिउँसो करिब १ः३० बजे प्र १–०१–००१ त ९७९७ नम्बरको ट्याक्टर र को २० प ३२७८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटना परी मोटरसाइकल चालक लिम्बु र सोही मोटरसाइकल पछाडि सवार बेलबारी नगरपालिका- ४ निवासी १७ वर्षीया लीला श्रेष्ठ घाइते भएका थिए ।

घाइते मध्ये लिम्बुको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ । श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ । यता प्रहरीले दुवै सवारीसाधनसहित ट्याक्टर चालक इलाम जिल्ला रोङ गाउँपालिका- ४ निवासी ३३ वर्षीय डिल्ली बहादुर लेप्चालाई नियन्त्रणमा लिएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, पुस १९, २०७९ १७:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।