October 30, 2024 | बुधबार, कार्तिक १४, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

पार्टी एकताका लागि ‘वार्ता टोली’ गठन गर्दै नेसपा

  • साझा परिवेश
  • आइतवार, पुस २४, २०७९ 0८:५६
पार्टी एकताका लागि ‘वार्ता टोली’ गठन गर्दै नेसपा

काठमाडौँ – नेपाल समाजवादी पार्टी (नेसपा)ले वाम दलहरुबीच एकताको पहल गर्नका लागि ‘वार्ता टोली’ गठन गर्दै छ ।

वाम दलहरुबीच एकताको पहल भइरहेको बेला डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले पनि आज आइतबार वार्ता टोली गठन गर्न लागेकाे हाे।

गठनका लागि आज बिहान ११ बजे पार्टी कार्यालय सुविधानगर, तिनकुनेमा राजनीतिक समितिको बैठक बस्दै छ।

‘वाम एकता’का लागि य‍सअघि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे नेकपा माओवादी केन्द्रले पनि ‘वार्ता टाेली’ गठन गरेकाे छ।

पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा संयोजकत्वमा माओवादीको शनिबार साझ बसेको केन्द्रीय कार्यालयको बैठकले महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेको पाँच सदस्यीय कार्यदल गठन गरेको हो।

गत मंसिर ४ को निर्वाचनमा नेसपा माओवादी केन्द्रको चिह्नबाट चुनाव लडेको थियो। त्यसअघि नै माओवादी अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईबीच पार्टी एकताबारे छलफल चल्दै आएको थियो। प्रचण्ड र बाबुरामबीच शनिबार पनि छलफल भएको थियो।

  • साझा परिवेश
  • आइतवार, पुस २४, २०७९ 0८:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्