September 29, 2023 | शुक्रबार, अशोज १२, २०८०
सुचनाहरु
श्याम प्रधानद्वारा अनुवादित “डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पित एमाले अधिवेशनको तयारी मै विवाद आजको राशिफल : वि.सं. २०८० असोज १२ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य कोसी सरकारको सार्वजनिक बिदासहित ६ निर्णय सार्वजनिक नियम उल्लंघन गर्ने ३५० हेलिकप्टरलाई उडानमा रोक लगाइयो एसियाली खेलकुद : महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेले गौशालाको होटलमा भारतीय पर्यटक मृत फेला कुटपिटको आतंकले चिकित्सक टोली हिमालमा पुगे ३ दिने ‘चेयरपर्सन क्लब’ कार्यक्रम भव्य रुपमा सम्पन्न इन्द्रजात्रा हेर्न राष्ट्रपति पौडेल वसन्तपुरमा (फोटो फिचर) अध्यक्ष लिङ्देन कतार प्रस्थान प्रचण्डद्वारा मानसरोवर र कैलाश पर्वत अवलोकन पशुपति जलहरी प्रकरणको मुद्दा दर्ता गरिँदै गीतकार तथा साहित्यकार कमला रिसालको ‘मेरो हजुर’ गीत सार्वजनिक (भिडियोसहित) राप्रपाका अध्यक्ष लिङ्देन कतार प्रस्थान विवाहको रत्यौली भन्दा कम छैन शिक्षक आन्दोलन क्रिकेटर भीम सार्कीलाई फिनिक्स कलेजले दियो स्नातक अध्ययन गर्न पूर्ण छात्रवृत्ति डाक्टरहरुको प्रदर्शन जारी संविधानले व्यवस्था गरेको बाँकी कुरा कार्यान्वयनमा ल्याउनु पर्ने छ : सभामुख घिमिरे गुल्मीमा पहिरो जाँदा रिडी‐रुद्रवेणी सडक अवरुद्ध

सिंहदरबार भित्रकै क्यान्टिनमा सञ्चालकको हेलचेक्र्याइँ, ३ लाख जरिवाना 

  • साझा परिवेश
  • सोमवार, फाल्गुन १५, २०७९ १0:५९
सिंहदरबार भित्रकै क्यान्टिनमा सञ्चालकको हेलचेक्र्याइँ, ३ लाख जरिवाना 

सिंहदरबारभित्र रहेको केन्द्रीय क्यान्टिनमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गर्दा म्याद सकिएका खानेकुरा भेटिएका छन्।

क्यान्टिनमा खानयोग्य अवधि सकिएका र म्याद सकिएका मसला तथा दुग्धजन्य पदार्थ भेटिएको विभागको भनाइ छ।
विभागले आइतबार केन्द्रीय क्यान्टिनमा आकस्मिक अनुगमन गरेको थियो। विभागका बजार निरीक्षण अधिकृत टोलीले अनुगमन गर्दा क्यान्टिनमा दुर्गन्धित मासु र तरकारीसमेत फेला परेको थियो।

खान योग्य नभएका सबै चिजबिज तत्काल नष्ट गरिएको विभागले जनाएको छ।

साथै उक्त क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेना गृहका उत्तम भट्टराईलाई उपभोक्ता हित विपरीत कसुर गरेकोले ३ लाख जरिवानासमेत गरिएको विभागले जानकारी दिएको छ।

  • साझा परिवेश
  • सोमवार, फाल्गुन १५, २०७९ १0:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट