sweet bonanza
January 21, 2026 | बुधबार, माघ ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रदेश १ को प्रस्तावित नाम कोशी रहने सम्भावना बलियो

  • साझा परिवेश
  • बुधबार, फाल्गुन १७, २०७९ ११:२३
प्रदेश १ को प्रस्तावित नाम कोशी रहने सम्भावना बलियो

 विराटनगर ।

प्रदेश १ को नाम ‘कोसी’ राख्न नेकपा एमाले र नेपाली कांग्रेस सहमति नजिक पुगेका छन् । पछिल्लो केही दिनयता चलेको छलफलपछि दुई दल कोसी नाम राख्न लगभग सहमत भएका हुन् ।
‘कांग्रेस, एमाले कोसी नाम राख्ने विषयमा सहमत छन्, तर हामी पहिचानसहितको छुट्टै नाम छलफलका लागि टेबल गर्छौं,’ माओवादी केन्द्रका एक नेताले भने, ‘के नाम लैजाने भन्ने छलफल गरिरहेका छौं ।’ ती नेताका अनुसार किराँत, लिम्बुवान किराँत र कोशी किराँत मध्ये एउटा नाम लैजाने तयारी छ ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार दलहरुबीच सहमति भए आजै प्रदेशसभामा नामको प्रस्ताब टेबल हुनेछ । ‘आज दिउँसो कार्यव्यवस्था परामर्श मितिको बैठक छ,’ उनले भने, ‘बैठकमा सहमति जुटे आज नामको प्रस्ताव टेबल हुन्छ ।’ उनले कोसी वा कोसी किराँत नाम राख्ने विषयमा छलफल भएको बताए ।

नेकपा एमाले प्रदेश १ को नाम कोसी राख्नु पर्ने पक्षमा छ । प्रदेशसभाको पहिलो कार्यकालमा पनि एमालेले कोसी राख्न प्रस्ताव गरेको थियो । एमालेले प्रस्ताव गरेको नाममा नेपाली कांग्रेस पनि सहमत छ । ‘प्रदेशको नाममा हाम्रो यही भन्ने अडान छैन,’ कांग्रेस संसदीय दलका नेता उद्धव थापाले भने, ‘जुन नाममा अधिकत सहमति हुन्छ, त्यही नाम पास गर्नुपर्छ ।’ उनको संकेत कोसी प्रदेशमा थियो । कांग्रेसले यसअघि पनि नाममा स्पष्ट अडान नराखेको बताउँदै उनले आएका नाममा अधिकतम सहमति खोजेर पारित गरिनुपर्ने बताए ।

 

९३ सदस्यीय प्रदेशसभामा नाम पारित गर्न दुई तिहाइ बहुमत चाहिन्छ । ४० सिटको नेकपा एमाले र २९ सिटको नेपाली कांग्रेस एक ठाउँमा उभिदा दुई तिहाइ पुग्छ । कांग्रेस एमालेले भूगोलका आधारमा नाम पारित गर्ने तयारी गरेपछि पहिचानसहितको नाम छलफलका लागि प्रस्ताव गर्ने माओवादीका एक सांसदले बताए । ‘एमाले र कांग्रेस मात्रै मिले कोसीमा दुई तिहाइ पुग्छ,’ ती नेताले भने, ‘हामी पहिचानसहितको नाम दर्ता गर्छौं ।’

  • साझा परिवेश
  • बुधबार, फाल्गुन १७, २०७९ ११:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्