April 2, 2023 | आइतवार, चैत्र १९, २०७९
सुचनाहरु
कुशलभ केसीले पाए ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ सुनसरी क्याम्पस सञ्चालक समितिमा राजु ढकाल निर्वाचित रजनीकान्तको ‘बाबा’ फ्लप भएसँगै साउथ फिल्ममा मेरो करिअर सकियो ः मनिषा कोइराला भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा मापदण्ड विपरीत अस्पताल सञ्चालन : हेटौंडा आज देशका यी ठाउँमा पानी पर्ने सम्भावना १५ दिन नपुग्दै उप्कियो कालोपत्रे : कैलाली प्रधानमन्त्री प्रचण्डसमक्ष भक्कानिए मिटरब्याज पीडित :बालुवाटार जनकपुरको घटनाबारे अफवाह फैलाउँदै मुस्लिम आयोग नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ स्वर्णिम वाग्ले रास्वपाबाट तनहुँ १ मा उम्मेदवार बन्ने पक्का पद तथा गोपनीयताको शपथ लिए नवनियुक्त मन्त्रीहरूले इटहरीमा एक युवकमाथि छुरा प्रहार तीन महिनामा धेरै काम भएका छन् तर केहि बेथिति रोकिएको छ : प्रधानमन्त्री १२ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले गर्यो कारबाही श्रम स्वीकृतिको आवेदन वैशाख १ देखि दिन मिल्ने आपराधिक अभियोगमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा नवनियुक्त मन्त्रीको दिउँसो ३ बजे शपथको तयारी पहिचानको नाममा हिंसात्मक आन्दोलन, इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड, प्रहरीको गाडी पनि फोडियो नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने

प्रदेश १ को प्रस्तावित नाम कोशी रहने सम्भावना बलियो

  • साझा परिवेश
  • बुधबार, फाल्गुन १७, २०७९ ११:२३
प्रदेश १ को प्रस्तावित नाम कोशी रहने सम्भावना बलियो

 विराटनगर ।

प्रदेश १ को नाम ‘कोसी’ राख्न नेकपा एमाले र नेपाली कांग्रेस सहमति नजिक पुगेका छन् । पछिल्लो केही दिनयता चलेको छलफलपछि दुई दल कोसी नाम राख्न लगभग सहमत भएका हुन् ।
‘कांग्रेस, एमाले कोसी नाम राख्ने विषयमा सहमत छन्, तर हामी पहिचानसहितको छुट्टै नाम छलफलका लागि टेबल गर्छौं,’ माओवादी केन्द्रका एक नेताले भने, ‘के नाम लैजाने भन्ने छलफल गरिरहेका छौं ।’ ती नेताका अनुसार किराँत, लिम्बुवान किराँत र कोशी किराँत मध्ये एउटा नाम लैजाने तयारी छ ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार दलहरुबीच सहमति भए आजै प्रदेशसभामा नामको प्रस्ताब टेबल हुनेछ । ‘आज दिउँसो कार्यव्यवस्था परामर्श मितिको बैठक छ,’ उनले भने, ‘बैठकमा सहमति जुटे आज नामको प्रस्ताव टेबल हुन्छ ।’ उनले कोसी वा कोसी किराँत नाम राख्ने विषयमा छलफल भएको बताए ।

नेकपा एमाले प्रदेश १ को नाम कोसी राख्नु पर्ने पक्षमा छ । प्रदेशसभाको पहिलो कार्यकालमा पनि एमालेले कोसी राख्न प्रस्ताव गरेको थियो । एमालेले प्रस्ताव गरेको नाममा नेपाली कांग्रेस पनि सहमत छ । ‘प्रदेशको नाममा हाम्रो यही भन्ने अडान छैन,’ कांग्रेस संसदीय दलका नेता उद्धव थापाले भने, ‘जुन नाममा अधिकत सहमति हुन्छ, त्यही नाम पास गर्नुपर्छ ।’ उनको संकेत कोसी प्रदेशमा थियो । कांग्रेसले यसअघि पनि नाममा स्पष्ट अडान नराखेको बताउँदै उनले आएका नाममा अधिकतम सहमति खोजेर पारित गरिनुपर्ने बताए ।

 

९३ सदस्यीय प्रदेशसभामा नाम पारित गर्न दुई तिहाइ बहुमत चाहिन्छ । ४० सिटको नेकपा एमाले र २९ सिटको नेपाली कांग्रेस एक ठाउँमा उभिदा दुई तिहाइ पुग्छ । कांग्रेस एमालेले भूगोलका आधारमा नाम पारित गर्ने तयारी गरेपछि पहिचानसहितको नाम छलफलका लागि प्रस्ताव गर्ने माओवादीका एक सांसदले बताए । ‘एमाले र कांग्रेस मात्रै मिले कोसीमा दुई तिहाइ पुग्छ,’ ती नेताले भने, ‘हामी पहिचानसहितको नाम दर्ता गर्छौं ।’

  • साझा परिवेश
  • बुधबार, फाल्गुन १७, २०७९ ११:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट