sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रदेश नम्बर १ को नाम कोशी नामकरण भएपछिआज सार्वजनिक बिदा

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १८, २०७९ १0:३२
प्रदेश नम्बर १ को नाम कोशी नामकरण भएपछिआज सार्वजनिक बिदा

काठमाडौं :
प्रदेश नम्बर १ को नाम कोशी नामकरण भएपछि प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आज सार्वजनिक बिदा दिएको हो।

प्रदेश सचिव उमेश बस्नेतका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । जारी विज्ञप्तिमा भनिएको छ, ’प्रस्तुत विषयमा प्रदेश सभाको मिति २०७९।११।१७ मा बसेको बैठकबाट प्रदेश नं. १ को नाम कोशी प्रदेश राख्ने प्रस्ताव पारित भएकाले प्रदेशको नामाकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दाहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुलाई मिति २०७९ साल फागुन १८ गते बिहीबार सार्वजनिक बिदा दिने प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७९।११।१७ मा निर्णय भएकाले सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’


लामो रस्साकस्सीपछि प्रदेशसभामा बुधबार राति भएको मतदानमा ‘कोशी प्रदेश’ को पक्षमा दुईतिहाइ बढी बहुमत जुटेको हो। प्रदेशसभाको मतदानमा कोशी नामको पक्षमा ८२ र विपक्षमा चार मत खसेको थियो। मतदानमा ६ जना प्रदेशसभा सदस्यहरू अनुपस्थित रहे।

नेकपा एमालेले प्रस्ताव गरेको नामको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपासहित प्रमुख दलहरू उभिएका थिए। प्राप्त मतपरिणामका आधारमा सभामुख बाबुराम गौतमले कोशी नामको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन्।

नामकरणका लागि प्रदेशसभा सचिवालयमा दर्ता गराइएको ‘कोशी’ नामको प्रस्ताव बहुमतले स्वीकृत भएपछि बुधबार ढिला गरी छलफल सुरु भएको थियो। छलफलमा सहभागी सांसदहरूले कोशीले विभिन्न जातजाति, धर्म–संस्कृति, भौगोलिक विविधता र ऐतिहासिकता लगायतका विषयलाई समेटेको बताएका थिए।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १८, २०७९ १0:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid