May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लोकतन्त्रमा विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ: उम्मेदवारी दर्तापछि शाक्य

  • साझा परिवेश
  • शनिबार, फाल्गुन २७, २०७९ १३:५0
लोकतन्त्रमा विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ: उम्मेदवारी दर्तापछि शाक्य

उपराष्ट्रपतिको निर्वाचनमा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन्।

शनिबार बानेश्वरस्थित संसद भवनमा उम्मेदवारी दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै लोकतन्त्रमा विश्वास गर्ने भएकाले सबैको सहयोग रहने बताएकी छन्।

लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरूरी रहेको उनले बताइन्।

‘लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरूरी छ। लोकतन्त्रमा हामी विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ,’ उनले भनिन्।

उम्मेदवार शाक्यले नेकपा एमाले लोकतन्त्रमा विश्वास गर्ने दल भएकाले सबैको सहयोग हुने बताएकी हुन्।

उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ। उक्त निर्वाचनको लागि शनिबार उनले मनोनयन दर्ता गराएकी हुन्।

अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुविर महासेठ प्रस्तावक छन्। कृष्ण गोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यसोदा रिमाल समर्थक छन्।

  • साझा परिवेश
  • शनिबार, फाल्गुन २७, २०७९ १३:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट