May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य

चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ७, २०८१ १४:५७
चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए

काठमाडौँ । चैत महिनामा ७० हजार भन्दा बढी नेपालीहरूले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार २०८० को चैत महिनामा ७० हजार ९३३ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा ७४ हजार २४१ जना पुरुष र छ हजार ६९२ जना महिला रहेका छन् ।

श्रम स्वीकृति लिएर ४२ हजार ४९० जना विदेश गएका छन् भने २८ हजार ४४३ जनाले पुन श्रम स्वीकृति लिएका छन् । चैत महिनामा सबैभन्दा बढी युएई गएका छन् । युएईका लागि १७ हजार ८१८ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा १५ हजार ४८३ पुरुष र दुई हजार ३३५ महिला रहेका छन् ।

त्यस्तै साउदी अरेबियाका लागि १३ हजार ६४१, कतारका लागि ११ हजार २०२, मलेसिया १२ हजार ६०२, कुवेत चार हजार ७६, रोमानिया दुई हजार २९९ जनाले श्रम स्वीकृति लिएका छन् ।

गत साउनदेखि चैत महिनासम्म ९ महिनाको तथ्याङ्क हेर्दा पाँच लाख ४२ हजार १३४ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् ।

चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मङ्सिरमा ७१ हजार २७६, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७ र फागुनमा ६५ हजार ६५८ जनाले श्रम स्वीकृति लिएर विदेश गएका विभागको तथ्याङ्कमा उल्लेख छ ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ७, २०८१ १४:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।