काठमाडौं । जनता समाजवादी पार्टी नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्यको लागि सिफारिस गरेको छ ।
सांसद सहनाज रहमानको निधन भएपछि रिक्त स्थानमा जसपाले मञ्जुलाई पठाउने भएको हो ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनी सप्तरी निवासी हुन् ।