May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आत्मसमर्पण गर्न इमरान खानलाई अदालतको आदेश

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ १२:२७
आत्मसमर्पण गर्न इमरान खानलाई अदालतको आदेश

काठमाडौं। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध अदालतले गिरफ्तारी दिन आग्रह गरेको छ।

खानलाई पक्राउ गर्न गएको प्रहरीलाई समर्थकहरुले घेराबन्दी गरेर फर्काइदिएपछि अदालतले आफैँ उपस्थित भएर आत्मसमर्पण गर्न आदेश दिएको हो। त्यसो नगरे प्रहरीले पक्राउ गरेर उपस्थित गराउने भन्दै अदालतले गिरफ्तारीको वारेन्ट रद्द नहुने दोहोर्‍याएर खानमाथि दबाब बढाएको हो।  इस्लामावाद उच्च अदालतमा खानको गिरफ्तारी वारेन्ट रद्द गर्न माग गर्दै परेको रिटमा अदालतले यस्तो आदेश दिएको हो।

खानविरुद्ध अहिले सरकारी संरक्षित खजना सस्तो मूल्यमा खरिद गरेर अर्बौँ रुपैयाँ बिक्री गरेको आरोपमा अदालतले गिरफ्तारीको आदेश दिएको थियो। यसअघि अदालतको मानहानी, न्यायाधीशहरुविरुद्ध खराब अभिव्यक्ति, राज्यद्रोहलगायतक कयौँ मुद्दा खानविरुद्ध दर्ता भएका छन्।

तर, पछिल्लो पटक सरकारी खजानाको मुद्दामा इस्लामावाद उच्च अदालतले तत्काल पक्राउ गर्न आदेश दिएपछि खानको घर पार्टी कार्यकर्ताहरुले घेरा हालेर प्रहरीलाई पक्राउ गर्न दिएका थिएनन्।

त्यसबाहेक गिरफ्तारीविरुद्ध परेको रिटसमेत अदालतले खारेज गरिदिएपछि खानमाथि दबाब बढेको हो।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ १२:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट