April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

अस्ताइन विद्रोहको मार्गमा हिँड्दै सहयात्री बनेकी सीता

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० ११:४५
अस्ताइन विद्रोहको मार्गमा हिँड्दै सहयात्री बनेकी सीता

काठमान्डौ ।। अभिषेक दवाडी।।

  भनिन्छ हरेक सफल पुरुषको पछाडी नारीको दर्बिलो साथ हुन्छ । यही भनाईको एक उदाहरणीय पात्रकोरुपमा सीता दाहाल हुन भन्दा फरक नपर्दो हो । श्रीमान व्यवस्था परिवर्तनका लागि विद्रोहको मार्गमा हिँड्दै गर्दा मार्ग निर्देशन गर्ने भूमिकामा उनै सीताको ठूलो योगदान रहेको किस्साहरु सुन्नमा पाइन्छ र किताबका पानामासमेत दस्तावेजिकरण गरिएको छ । श्रीमान, परिवार सम्हाल्दै र समेट्दै कम्युनिष्ट आन्दोलनमा जीवन समर्पित गर्दै श्रीमानको सहयात्री मात्रै नभएर १० वर्षे जनयुद्धको अभिभावक बनेकी सीता दाहाल सँधैका लागि अस्ताएकी छिन् ।

गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान दिने एक सफल क्रान्तिकारी नारी अस्ताउदै गर्दा अब भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जीवनमा भौतिक रुपमा सीताको कहिल्यै उदय हुने छैन । त्यसो त युद्धको समयमा प्रचण्ड सुप्रिमो रहँदा सीता दाहाल सुप्रीमोको पनि सुप्रीमो थिइन् । यो सीतासँग समिलित दस्तावेजिकरणहरुले बताउछ नै प्रधानमन्त्री प्रचण्डको कमाण्डमा रहेर काम गरेका योद्धाहरुबाट पनि उनको बारेमा किस्साहरु सुन्न पाइन्छ । त्यसो त सीताले पुष्पकमल दाहाललाई प्रचण्ड मात्रै बनाइनन् उनले एउटा शिक्षकलाई सिंगो देशको प्रधानमन्त्री बनाउन सफल बनिन् ।

भूमिगत रहँदा श्रीमानसँगै भूमिगत जीवन व्यतित गरेकी सीता श्रीमान सार्वजनिक हुँदा आफू पनि सार्वजनिक भएकी थिइन् । जीवनको हरेक क्षण सुखदुख, हार जीत, सफलता र असफलताका यात्राहरुमा सँगै सहयात्री बनेकी उनी प्रधानमन्त्री प्रचण्डको यात्रामा अब भने सीताको भौतिक शरिर भेटिने छैन । भेटिने छ त केबल उनले देखाएको बाटो र दिएको साथ सम्झानाको क्यानभासमा कोरिएको चित्र झैँ । जीवनमा प्रीय पात्र अर्थात जेठी छोरी र एक मात्रै छोरा गुमाएर गहिरो चोट बोकेर हिँडेका दाहाल अन्ततः जीवनको हरेक कष्टकर यात्रामा सहयात्री बनेकी जीवनसंगीनी गुमाउनुको पीडा बोहोर्नुपरेको छ । प्रीय पात्र गुमाउदाका पीडालाई मौनता भित्र गुम्साएर राजनीतिक यात्रामा कहिल्यै कम्जोर नभएका प्रचण्डलाई अब दुई सन्तान रेणु दाहाल र गँगा दाहालले दर्बिलो साथ दिउन् ।

साथै, देशको राजनीतिक व्यवस्था र अवस्था परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकी सीता दाहाल प्रति भावपूर्ण श्रद्धान्जली ।

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० ११:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।