May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पट्टन क्षेत्रमा एक घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु

  • साझा परिवेश
  • शनिबार, चैत्र ४, २०७९ १९:३९
पट्टन क्षेत्रमा एक घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको तल्लो कोहिस्तानको पट्टन क्षेत्रमा एक घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक महिला, उनकी सासु, पाँच छोरी र तीन छोरासहित एकै परिवारका १० जनाको मृत्यु भएको हो। कोहिस्तान जिल्ला जसलाई अबसिन कोहिस्तान वा सिन्धु कोहिस्तान पनि भनेर चिनिन्छ यो एउटा पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त भित्रको एक प्रशासनिक जिल्ला हो ।

द न्युज इन्टरनेशनलका अनुसार शुक्रबार बिहान करिब ४ बजे मोहम्मद नवाबको थुप्रै कोठा भएको काठको घर र सो घरको छेउमा रहेको गोठबाट आगो सल्किएको बताइएको छ । स्थानीयवासीले घटनास्थलमा पुगेर भग्नावशेषबाट पुरिएका मानिसहरूलाई निकालेर स्वास्थ्य चौकीमा लगेको प्रत्यक्षदर्शी रज्जाक राजाले पत्रकारहरूलाई बताएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा पर्नेहरूमा मोहम्मद नवाबकी श्रीमती छब्बर बिबी, उनकी आमा जाहिदा बिबी र पाँच छोरी २० वर्षीया लिली नवाब, १८ वर्षीया समरियान बिबी, १६ वर्षीया समिना बिबी, १२ वर्षीया बिबी सानो, १९ वर्षीया अलिना बिबी र तीन छोरा छन् । त्यसैगरी आगलागीमा जलेर ५ वर्षीय मुनीर नवाब, ९ वर्षीय मुजिब नवाब र २ वर्षीय अजिज नवाबको मृत्यु भएको छ ।

घटनापछि आक्रोशित परिवारका सदस्य र स्थानीयवासीले समयमै घटनास्थल नपुगेको भन्दै उद्धारक निकाय ११२ लाई कारबाही गर्न माग गर्दै काराकोरम राजमार्ग घण्टौसम्म अवरुद्ध गरेका थिए । डेपुटी कमिश्नर मोहम्मद रफिकले उनीहरूसँग कुरा गरेपछि शोकसन्तप्त परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेपछि उनीहरू शान्तिपूर्ण रूपमा तितरबितर भएको न्युज इन्टरनेसनलले जनाएको छ ।

कार्यवाहक मुख्यमन्त्री मुहम्मद आजम खानले सो घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्रीले घटनामा घाइते भएकाहरुलाई उपचारको उचित व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । एजेन्सी

  • साझा परिवेश
  • शनिबार, चैत्र ४, २०७९ १९:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट