March 24, 2023 | शुक्रबार, चैत्र १०, २०७९
सुचनाहरु
‘ह्वाट्सएप’बाट ठगी प्रहरीको नयाँ आईजीपी नियुक्तिको लागि मन्त्रिपरिषद बस्दै प्रधानमन्त्रीको तीन महिने कार्यकाल, १६ मन्त्रालयको भार, दुईपटक विश्वास सुपारी र कुखुराको अवैध आयात रोक्न माग ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु निशेधित क्षेत्र अन्तुमा ट्याक्टर राज , एकराज घिमिरे बिरुद्ध स्थानीयले दिए उजुरी घुस लिएको भिडियो फेला परेपछि पर्साका सहायक वन अधिकृत यादव निलम्वित क्षयरोगबाट कसैले ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री प्रचण्ड प्रदेश नामकरणविरुद्धको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु को बन्दैछ आइजीपी ? सरकार व्यापारमा ठोस निर्णय गर्न सक्ने अवस्थामा छैन : उपप्रधानमन्त्री श्रेष्ठ पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता सबैको एउटै पार्टी भनेको देश र जनता हो : मन्त्री मोदी आरनमा गलेको जिन्दगी! बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ जनता आवास कार्यक्रमको बजेटमा चलखेल, कमसल सामग्री प्रयोग भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार

तिहार सुरु सँगै झापा र सुनसरीबाट ठूलो परिमाणमा अवैध पटका तस्करी

  • साझा परिवेश
  • आइतवार, अशोज ३०, २०७९ 0९:४६
तिहार सुरु सँगै झापा र सुनसरीबाट ठूलो परिमाणमा अवैध पटका तस्करी

विराटनगर, २९ असोज

भारतबाट ल्याइएको झण्डै आठ लाख मूल्य बराबरको अवैध पटका सशस्त्र प्रहरीले झापा र सुनसरीबाट बरामद गरेको प्रहरीले जनाएको छ ।

तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर नेपाल भित्राइएको अवैध पटका सशस्त्रले नियन्त्रणमा लिएकाको हो । पटका ओसारपसारमा संलग्नहरू भने सशस्त्रलाई देखेपछि फरार बनेका थिए ।

बोरामा प्याक गरेर ल्याइएको विभिन्न प्रकारका १० बोरा पटका झापाको झापा गाउँपालिका-१ बाट बरामद भएको प्रहरीको भनाइ छ ।

सशस्त्र प्रहरी निरीक्षक विभूराज दाहालको नेतृत्वमा खटिएको टोलीले सात लाख ५० हजार मूल्य बराबरको पटका बरामद गरेको हो । त्यस्तै सशस्त्र प्रहरीले सुनसरीको हरिनगरा गाउँपालिका-१ बाट शुक्रबार विभिन्न प्रकारका पटका बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल भुटाहाबाट खटिएको प्रहरी निरीक्षक भूपेन्द्रकाजी निरौला नेतृत्वको टोलीले ३५ हजार मूल्य बराबरको पटका बरामद गरेको छ । बरामद गरिएको पटका नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयको रहोबरमा नष्ट गरिएको छ ।

  • साझा परिवेश
  • आइतवार, अशोज ३०, २०७९ 0९:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।