March 27, 2023 | सोमवार, चैत्र १३, २०७९
सुचनाहरु
संक्रमणकालीन न्यायमा एमालेको प्रश्न : झारा टार्न मात्र विधेयक ल्याएको त होइन ? नेपाल कराते महासंघको अध्यक्षमा राखेपका पूर्वसदस्यसचिव कोशी नाम स्वीकार्न चार दलको अपील नवाजुद्दिनले भाइ र श्रीमतीमाथि गरे मानहानिको मुद्दा दर्ता दलित भनेर छुवाछुत गर्नेलाई आजीवन कारावासको सजाय दिनुपर्छः वामदेव गौतम मिटरब्याजीपीडितको समस्या समाधान गर्न सरकार गम्भीर होस् : सांसद बेलवासे अन्तिम कथा रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट लैजाने तयारी सिके राउतको कटाक्ष- मन्त्रीबिना बाँच्नै नसक्नेलाई ल्याउन बारा २ मा उपचुनाव तोकियो २६.८७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो बारा-२ का जनताले मेरो डिमान्ड गरिरहेका छन् :उपेन्द्र यादव प्रभु साहको प्रश्न : तस्कर नियन्त्रणमा कसले खाइरहेको छ ४५ प्रतिशत कमिसन ? सवारी दुर्घटनाका घाइतेलाई निःशुल्क उपचारको व्‍यवस्था गर्न माग उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबीच भेटघाट ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाऔं ११ दिन पैदलै हिँडेर मिटर ब्याज पीडित आइपुगे काठमाडौं पदम लिम्बुलाई सहिद घोषणा गर्न सांसद अशोक राईको माग प्राधिकरणको कारबाही : तीन एटीसी निलम्बित खानेपानीको ट्याङ्कीमा शव फेला रास्वपालाई ३, कांग्रेसलाई ८ मन्त्रालय– भोलिसम्म पूर्णता दिने

आइतबारको प्रदर्शनलाई ध्यान दिँदै विराटनगरका केही स्थानमा निषेधाज्ञा

  • साझा परिवेश
  • शनिबार, चैत्र ४, २०७९ १९:४४
आइतबारको प्रदर्शनलाई ध्यान दिँदै विराटनगरका केही स्थानमा निषेधाज्ञा

विराटनगर । कोशी प्रदेश नामकरणपछि पहिचान पक्षधरहरुले भोलि अर्थात् आइतबार वृहत प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेध गरिएको क्षेत्रमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेषचोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र रहेका हुन्।

चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रसासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । आदेश उल्लङ्घन गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने प्रशासनले सूचनामा उल्लेख गरिएको छ।nisedhaga

  • साझा परिवेश
  • शनिबार, चैत्र ४, २०७९ १९:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट