April 18, 2024 | बिहिबार, बैशाख ६, २०८१
सुचनाहरु
आईपीएल : गुजरातमाथि दिल्ली क्यापिटल्सको सानदार जित कस्तो रहला आजको मौसम ? झापामा भेटिएको मृत हात्तिलाइ गोली हानेर हत्या गरेको पुष्टि एक लाख २० हजार घुससहित अधिकृत पक्राउ आइसीसीको टी- २० वरियतामा दिपेन्द्रको छलाङ चार खेल जित्दै नेपाल सेमिफाइनलमा नयाँ कृषि सहकारीका आरोपीहरुविरुद्ध मुद्दा नचल्ने निर्णय साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य निर्वाचन आचारसंहिता पालन नगरे तत्काल कारबाही गर्ने आयोगको चेतावनी गायिका एलिना चौहानले गरिन् विवाह देशभर आज मौसम सफा रहने मैदान ओसिलो भएका कारण नेपाल र साउदी अरेबियाबीचको खेल शुरु हुन ढिलाइ इलाम र बझाङका लागि आयोगले पठायो मतपत्र अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा पक्राउ १ लाख ५० हजार घुसले पोखरा महानगरका इन्जिनियर पक्राउ मुख्यमन्त्री अधिकारीले भेटे प्रधानमन्त्री आज सुनको मूल्य स्थिर महावीर पुनले आफ्नै आत्मकथा बेचेर पाँच करोड आम्दानी ‘होस्टेल–३’ निर्माण गर्ने घोषणा आईपीएल : आज गुजरात र दिल्ली भिड्दै

युद्धका बेला गरेका अन्तर्जातीय विवाह सम्बन्धविच्छेदतिर गए : प्रचण्ड

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १६:५३
युद्धका बेला गरेका अन्तर्जातीय विवाह सम्बन्धविच्छेदतिर गए : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र युद्धका बेला भएका अन्तर्जातीय विवाह सम्बन्धविच्छेदतिर गएको बताएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा दलित समुदायमाथि भएको अपमान र विभेदविरुद्धको संकल्प प्रस्तावमा उठेका प्रश्नको जवाफ दिंदै उनले विगतमा गर्वका साथ सुनाइने गरेको अन्तर्जातीय विवाह अहिले गर्वको विषय हुन छाडेको बताए ।

‘हामीले युद्ध वा आन्दोलनका बेलामा जे कुरा उठायौं त्यही कुरा गर्वका विषय हुन विस्तारै छाडे, आन्दोलन वा क्रान्तिका बेला गरिएका अन्तर्जातीय विवाह सम्बन्धविच्छेदतिर गए’ उनले भने, ‘जुन गर्वका साथ स्थापित गर्ने गरिन्थ्यो । त्यही स्तरका गर्वका विषय हुन छाडे ।’

प्रचण्डले अन्तर्जातीय विवाह निरन्तर आन्दोलनको विषय भएको बताए । तर आन्दोलनसँगै संविधान, कानुन र समाजका अरु अवयव पनि सँगै अगाडि जान आवश्यक रहेको उनको भनाइ छ ।

राष्ट्रियसभा सदस्य भुवन सुनार प्रस्तावक र सुरेश आले, गोपी अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार, जगतबहादुर पार्की, सिंहबहादुर विश्वकर्मालगायत सांसद समर्थक रहेको संकल्प प्रस्तावमाथि छलफल भएको हो ।

संकल्प प्रस्तावमा संविधान र कानुनमा व्यवस्था भए अनुसार निजी वा सार्वजनिक स्थानमा हुने छुवाछूत र भेदभावलाई गम्भीर सामाजिक अपराध मानी दोषीलाई कडा कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ । उक्त संकल्प प्रस्ताव राष्ट्रियसभाले सर्वसम्मतले पारित गरेको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १६:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।