sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘ह्वाट्सएप’बाट ठगी

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ 0९:४५
‘ह्वाट्सएप’बाट ठगी

उर्लाबारी। सूचना प्रविधिको पहुँच गाउँगाउँसम्म पुगेसँगै ठगी गर्ने प्रकृति पनि फेरिएका छन् । मोरङको पथरीशनिश्चरे–३, सुन्दरी चोककी २९ वर्षीय माङ्माया लिम्बू नयाँ प्रकृतिको ठगीमा पर्नुभयो।

उहाँ अहिले कानुनी उपचार खोजिरहनुभएको छ। ‘९८२८९७८३०६’ को नम्बरको मोबाइलबाट ह्वाट्सएपमार्फत माङ्मायासँग कुराकानी सुरु भयो। माङ्मायाका श्रीमान् मलेसिया जानुभएको पाँच वर्ष भयो। श्रीमान्सँग उति साह्रो फोन सम्पर्क पनि हुँदैनथ्यो।

त्यसैबेला ह्वाट्सएपमार्फत अमेरिकामा बसेको केटाले प्रेम प्रस्ताव राखेपछि उहाँको मनमा अनेक कुरा खेल्न थाले। अमेरिका बस्न पाउने सुन्दर सपना देख्दै रमाउनुभयो।

माङ्मायाले भन्नुभयो, “ह्वाट्सएपमा भिडियो कल गरेर तिमीलाई पठाउन लागेको सुनको सिक्री, नेकलेस र घडी पार्सल गर्दै छु,” भन्यो। मक्ख पर्नुभएकी माङ्माया आफ्नो उज्ज्वल भविष्यको कल्पना गर्दै सिक्री, नेकलेस, मोबाइल र घडी कुरेर बस्नुभयो। केही दिनमै अमेरिकाको एयरपोर्टमा सामान भन्सारले रोक्यो। सामान छुटाउन म भन्सार आएको छु। यसका लागि पैसा पठाउ भनेर फेरि भिडियो कल आयो।

जसले सामान रोकेको हो, उसैका नाममा पैसा पठाउन अनुरोध ग-यो। हो न हो माङ्माया पनि जसले सामान रोकेको हो उसैलाई पैसा पठाएपछि सामान छोडिदिन्छ होला भन्ने भ्रममा पर्नुभयो। उहाँले आईएमईमार्फत पैसा पठाउन थाल्नुभयो।

उसले आफ्नो नाममा पैसा पठाउनु भनेन। हरेक पटक पैसा पठाउँदा उसले बेग्ला बेग्लै बैङ्क र खातामा फरकफरक कामका लागि भनेर पैसा माग्यो। जसले गर्दा माङ्माया विश्वासमा पर्नुभयो। उहाँ भन्नुहुन्छ, “उसले आफ्नो नाम रवि शर्मा भन्थ्यो। मैले रवि शर्माको नाममा कहिल्यै पैसा पठाइन।”

माङ्मायाले विभिन्न बहानामा हालसम्म दुई लाख रुपियाँ पठाइसक्नुभएको छ। उहाँकी दिदी दिलु लिम्बूले भन्नुुभयो, “बहिनीले चार आना सुन बिक्री गरेर र दुई तोला सुन धरौटी राखेर एक लाख ७५ हजार रुपियाँ पठाइछ। अरू आफैँसँग भएको २५ हजार पनि सुरुमै पठाएको रहेछ।” सुरुका दिनमा कसैलाई नभनी सुटुक्क पैसा पठाउनुभएकी माङ्मायाले १५ दिनको बीचमा दुई लाख पठाएपछि रविले गर्न र फोन उठाउन पनि छोडेपछि झस्किनुभयो। त्यसपछि मात्र आफू ठगिएको थाहा पाएर हारगुहार गर्नुभयो।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले साइबर अपराधका घटनासँग आफैँ जोेगिनुपर्ने बताउनुभयो। यस्ता अपराधको अनुसन्धान केन्द्रीय साइबर ब्युरोले हेर्ने भएकोले आएका उजुरीलाई माथिल्लो निकायमा पठाउने काम मात्र इलाका प्रहरी कार्यालयले गर्ने उहाँको भनाइ छ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ 0९:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid