May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

भोग-चलन जग्गा नक्सामा समेट्न सरकारले दियो २ वर्षको समयावधि

  • साझा परिवेश
  • शुक्रबार, माघ ५, २०८० १२:३१
भोग-चलन जग्गा नक्सामा समेट्न सरकारले दियो २ वर्षको समयावधि

काठमाडौँ । भोग–चलन भइरहेको तर नक्सामा नसमेटिएको जग्गालाई नक्सामा दर्ता गर्न सरकारले सार्वजनिक आह्वान गरेको छ । २०८० माघ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो जग्गाको नक्साङ्कन दर्ता छुटेको भएमा २ वर्षभित्र दर्ता गरिसक्न दिने निर्णय गरेको हो ।

मालपोत नियमावली, २०३६ को नियम ४(क) को उपनियम (१) को प्रयोजनको लागि जग्गा (नाप जाँच) ऐन, २०१९, बमोजिम नाप नक्सा भएको जग्गा दर्ता गर्नसम्म छुट भएमा त्यस्तो जग्गा दर्ता गर्न चाहने सम्बन्धित जग्गावालाले सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिने म्याद सूचना प्रकाशन भएको मितिले २ वर्ष कायम गरिएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

तथापि, मालपोत कार्यालयमा यसअघि नै जग्गा दर्ता निवेदन परेको तर फर्छ्यौट हुन बाँकी रहेका पुराना निवेदनहरू समेत फर्छ्यौट गर्ने म्याद सूचना प्रकाशन भएको मितिले २ वर्ष तोकिएको मन्त्रिपरिषद्को बैठकले जनाएको छ ।

उक्त निर्णय उपर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत नियमावली, २०३६ को नियम ४ (क) को उपनियम (१) बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशित गर्नेछ । यसका लागि मन्त्रिपरिषद्को सोही बैठकले स्वीकृति समेत प्रदान गरेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, माघ ५, २०८० १२:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।