sweet bonanza
February 3, 2026 | मङ्लबार, माघ २२, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

पेटभित्र रक्सीको बोतल भेटिएका युवक अस्पतालबाट डिस्चार्ज

  • साझा परिवेश
  • बिहिबार, चैत्र १६, २०७९ १0:५७
पेटभित्र रक्सीको बोतल भेटिएका युवक अस्पतालबाट डिस्चार्ज

 चितवन

साथीहरुले मलद्वारबाट रक्सिको बोतल छिराइदिएपछि गम्भीर अवस्थामा पुगेका गुजरा नगरपालिकाका–९, रौतहटका नुर्साद मन्सुरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका चिकित्सकले शल्यक्रिया गरी उनको पेटबाट रक्सिको बोतल निकालेका थिए । उनी आफैं हिँडेर घर फर्किने अवस्थामा पुगेपछि बुधबार डिस्चार्ज गरिएको उपचारमा संलग्न डा. राजेश यादवले बताए ।

उनलाई २५ दिन अघि गम्भीर अवस्थामा चितवनमा उपचारका लागि ल्याइएको थियो । अस्पतालका जिआई सर्जन डा.नारायण बेलबासेका अनुसार उनको स्वास्थ्यमा निकै सुधार भएको छ । तर उनी प्राकृतिक रूपमा अहिले नै दिसा गर्न सक्ने अवस्थामा भने छैनन् । मलद्वार नजिकै ठूलो आन्द्राको भाग थोरै बाहिर निकालेर दिसा बाहिर जान मिल्ने बनाइएको छ ।

एक महिना पछि उनलाई फलोअपमा बोलाइएको र पुनः शल्यक्रिया गरेर प्राकृतिक रुपमा नै दिसा गर्न मिल्ने अवस्थामा ल्याइने अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. राजेश यादवले बताए ।
युवकको आर्थिक अवस्था निकै कमजोर भएकाले केही रकम छुट गराएर उपचारमा सहयोग गरेको डा. यादवले जानकारी दिए । ‘हामीलाई पनि चुनौतीपूर्ण केस थियो यो, उनीहरुको आर्थिक अवस्था सबै बुझ्दा निकै कमजोर जस्तो लाग्यो,’ डा. यादवले भने, ‘उनी हाम्रो उपचार सेवाबाट ज्यान बचेकोमा खुसी छन्, हामी पनि खुसी छौं, त्यसैले अस्पतालले केही उपचार खर्च छुट गरिदिएको छ ।’

घर फर्किनुअघि अनलाइनखबरसँग कुरा गर्दै नुर्साद मन्सुरीले आफ्नो ज्यान जोगाइदिने डा.बेल्वासे, डा.यादवसहितको टोलीप्रति आभार व्यक्त गरे । ‘अहिले म ठिक भएको छु, बोल्न, हिँड्न सक्ने भएँ, उपचार नपाएको भए मरिसकेको हुने थिएँ’ मन्सुरीले भने ।
साथीहरूले मलद्वारबाट बोतल हालिदिएछन् ।

रौतहटको गुजरा नगरपालिका–९ का २६ वर्षीय नुर्साद मन्सुरी ट्याक्टर चलाएर गुजारा चलाउँदै आएका छन् । घरमा बुवा आमा, श्रीमती र एक छोरा छोरीलाई त्यही पेशाबाट परिवार पाल्दै आएका थिए । ट्याक्टरमा केही समस्या आएकै कारण उनी दुई किलोमिटर पर चोकतिर ट्याक्टर बनाउन निस्के । त्यहीँ उनका साथी नसिम भेट भए । उनीसँग अर्का एक जना युवक पनि थिए जो वाइरिङ्गको काम गर्थे । उनका साथीहरूले मन्सुरीलाई ‘माल’ खान जाम भने ।

सधैं भेट भइरहने, सँगै खाजा पनि खाने साथीको आग्रहलाई मन्सुरीले नकार्न सकेनन् । त्यसपछि नजिकै रहेको खोला किनारको एक घरमा खाजा खान पुगे । त्यहाँ उनका साथीले चिसो डीउ (चिसो पेय पदार्थ) खान दिए र भने, ‘यो सबै नखानू आधा जति खानु बाँकी छाड्दिनू ।’ मन्सुरीले साथीले भनेको भन्दा केही बढी खाए । त्यो खाएको आधा घण्टा पछि उनको शरीर शिथिल हुँदै गयो । ‘के गरौं, कसो गरौं जस्तो गर्मी हुन थाल्यो,’ मन्सुरी भन्छन्, ‘साथीहरूले शीतल छहारीमा एक छिन सुत्न भने । म त्यहीँ सुतें ।’

बेहोस जस्तै भएको बेलामा कसैले आफ्नो पाइन्ट खोलेको जस्तो भेउ पाए तर कुनै प्रतिक्रिया जनाउन सक्ने अवस्थामा थिएनन् । उनका दुई साथीहरूले त्यहीँ बसेर रक्सी खाए र खाएको रक्सीको बोतल भने मन्सुरीको मलद्वारबाट घुसाइदिए । केही घण्टापछि होस आउँदा पेट निकै दुखेको महसुस भएको मन्सुरी सुनाउँछन् । तर के भएको हो उनलाई थाहा भएन । बल्लतल्ल साथीहरूको ग्यारेजसम्म आए । मोटरसाइलमा घरसम्म पु¥याइदिन भने । तर मोटरसाइकल नभएको भनेर कसैले पु¥याइदिन मानेनन् । बल्लतल्ल आफैं घरमा पुगे ।

पेट निकै दुखेको बताएपछि उनका बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खान दिए । त्यसले ठीक नभएपछि उनलाई भोलिपल्ट उपचारका लागि रौतहटकै चन्द्रपुर अस्पताल भर्ना गरिएको थियो । त्यहाँका चिकित्सकले पेटको एक्सरे गर्दा रक्सीको बोतल देखे । पाइन्टको खल्तीमा रक्सीको बोतल राखेको छ कि भनेर छामछुम पनि गरे तर पाएनन् । फेरि एक्सरे गरेर हेर्दा पेटभित्र नै रक्सीको बोतल रहेको पाइएपछि चकित परे ।

उनलाई बाराको नौतन गण्डकस्थित एलएस न्युरो अस्पताल  । जतिसक्दो छिटो शल्यक्रिया गर्नुपर्ने सल्लाह डाक्टरहरुले दिए । डाक्टरहरुले वीरगञ्ज या चितवन लैजान सुझाव दिएपछि उनलाई भरतपुरको पुरानो मेडिकल कलेजमा ल्याइएको थियो ।

पुरानो मेडिकल कलेज ल्याउँदा पेटमा बोतल छिरेको करिब ५८ घन्टा भइसकेको थियो, बिरामी अचेत जस्तै थिए ।

सामान्यता यस्ता बिरामीहरूलाई २४ घण्टाभित्र उपचार गर्न सक्यो भने बचाउन सकिने चिकित्सकहरू बताउँछन् । तर ढिलै आए पनि बोतल नफुटेको र आन्द्रामा धेरै क्षति नभएकाले उनी ठीक भएको चिकित्सकहरू बताउँछन् ।

‘अरूको जस्तो नर्मल अवस्था त हैन, त्यही भएर डिस्चार्ज हुन २५ दिन लाग्यो,’ डा. राजेश यादव भन्छन्, ‘तर अहिले धेरै नै सुधार भएकाले जीवन बाँच्यो ।’

मन्सुरीले आफ्नो मलद्वारबाट रक्सीको बोतल पुरानो केही रिसिईवी साँध्नका लागि गरेको हुनसक्ने अनुमान गरेका छन् । ‘कहिलेकाहीँ साथीहरुसँग जिस्किदा केही भनिएको हुन्छ त्यसैलाई इस्यू बनाएर यस्तो गरेको हो कि भन्ने मेरो अनुमान छ,’ मन्सुरी भन्छन्, ‘यति ठूलो अपराध गर्ने गरी त मैले केही गल्ती गरेको थिइनँ ।’

उनको मलद्वारबाट पेटभित्र रक्सीको बोतल हालिदिएको अभियोग लागेका रौतहट गुजरा नगरपालिका–६ का २० वर्षीय नसिम खान पैठानविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डीएसपी एकनारायण कोइरालाले घटनाको अनुसन्धान सकेर मुद्दा सरकारी वकिल कार्यालयमा बुझाएको जानकारी दिए ।

 

  • साझा परिवेश
  • बिहिबार, चैत्र १६, २०७९ १0:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid