काठमाडौं
उडिरहेको जहाजभित्र टिकटक बनाएपछि हिमालयन एयरलाइन्सका तीनजना क्रू मेम्बर ग्राउन्डेड भएका छन्। नागरिक उड्डयन प्राधिकरणले बिहीबार राति काठमाडौंबाट दोहा जाँदै गरेको हिमालयन एयरको जहाजभित्र टिकटक बनाएको सूचना पाएपछि दुई महिला र एक पुरूषसहित तीनजनालाई ग्राउन्डेड गरेको हो।
प्राधिकरणले उनीहरूलाई दोहामै ग्राउन्डेड गरेको छ। प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले उनीहरू तीनदेखि ६ महिनासम्म ग्राउन्डेड हुनसक्ने बताए।
हिमालयन एयरको ३२० उडान नम्बरको जहाज ३८ हजार फिटमाथि उडिरहेका बेला उनीहरूले टिकटक मनाएका थिए।