sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कानुनमन्त्री गंगानारायण श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज गरे अनुगमन

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १७, २०७९ १२:0६
कानुनमन्त्री गंगानारायण श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज गरे अनुगमन

हेटौडा 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज अनुगमन गरेका छन् । हेटौंडाको आधुनिक राष्ट्रिय मावि र भुटनदेवी माविमा रहेको परीक्षा केन्द्रमा पुगेर मन्त्री श्रेष्ठले परीक्षा केन्द्रको अवस्था, सुरक्षा प्रबन्धलगायत विषयमा जानकारी लिँदै विद्यार्थीलाई परीक्षाको सफलताको शुभकामना दिए ।
मन्त्री श्रेष्ठले परीक्षा अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित रहेकोमा खुसी व्यक्त गर्दै परीक्षा केन्द्राध्यक्षलगायत टिमलाई धन्यवाद दिए । परीक्षालाई प्रभावकारी बनाउन प्रदेश सरकारले सम्बन्धित सबै निकायलाई आवश्यक निर्देशन दिएको उनले बताए ।

त्यस्तै मन्त्री श्रेष्ठले विशेष अवस्थाका परिक्षार्थीलाई समेत हौसला प्रदान गर्दै विद्यालयका नर्सलाई परिक्षार्थीलाई कुनै पनि बेला आवश्यक पर्ने स्वास्थ्य सेवाका बारेमा सचेत रहन सम्बन्धित केन्द्राध्यक्षमार्फत् निर्देशन दिएका छन् ।

चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुने र त्यसमा बागमती प्रदेशको मात्रै २० प्रतिशत विद्यार्थी सहभागी छन् ।

त्यस्तै एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्रमध्ये सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा रहेको जानकारी शिक्षा विकास निर्देशनालयका शाखा अधिकृत विजय विडारीले जानकारी दिए ।

बागमती प्रदेशका १ लाख १ हजार ७३३ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र रहेको अधिकृत विडारीले बताए ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १७, २०७९ १२:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid