May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला

२५ वटा सीपको परीक्षामा उत्तीर्ण भए मात्र डाक्टर बन्न पाउने

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १६:१२
२५ वटा सीपको परीक्षामा उत्तीर्ण भए मात्र डाक्टर बन्न पाउने
  • डाक्टर बन्नका लागि अनिवार्य रुपमा प्रयोगात्मक (सीप) परीक्षा पनि उत्तीर्ण हुनुपर्ने
  • सीप परीक्षणपछि मात्रै लाइसेन्स परीक्षाको लिखित परीक्षा दिनुपर्ने 
  • काउन्सिलले तोकेका २५ वटा सीपको अनिवार्य रुपमा विश्वविद्यालयबाट प्रमाणपत्र लिनुपर्ने 

काठमाडौं ।।

डाक्टर (चिकित्सक) बन्नका लागि अनिवार्य रुपमा प्रयोगात्मक (सीप) परीक्षा पनि उत्तीर्ण हुनुपर्ने भएको छ । नेपाल मेडिकल काउन्सिलले अबदेखि चिकित्सकको सीप परीक्षणपछि मात्रै लाइसेन्स परीक्षाको लिखित परीक्षा दिनुपर्ने नियम लागु गरेको हो ।नेपाल मेडिकल काउन्सिल ऐन र नियमावली २०२४ ले लाइसेन्स परीक्षामा लिखित परीक्षा अनिवार्य र आवश्यकता अनुसार प्रयोगात्मक परीक्षा, अन्तरर्वार्ता र अन्य किसिमको परीक्षा लिन सक्ने व्यवस्था छ । सोही व्यवस्थालाई टेकेर अबदेखि प्रयोगात्मक परीक्षा पनि अनिवार्य गरिएको काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले बताए ।

डा. अधिकारीका अनुसार अबदेखि एमबीबीएस र बीडीएसपछि लिइने लाइसेन्स परीक्षामा सीप परीक्षणमा उत्तीर्ण नभएसम्म लाइसेन्स परीक्षामा समावेश हुन पाइने छैन । ‘अहिलेसम्म हामीले लिखित परीक्षा मात्रै लिँदै आएका थियौं’ डा. अधिकारीले भने, ‘अब एमबीबीएसपछि इन्टर्नसीपमा ६ महिना बिताएको विद्यार्थीले काउन्सिलले तोकेका २५ वटा सीपको अनिवार्य रुपमा विश्वविद्यालयबाट प्रमाणपत्र लिएपछि मात्रै लाइसेन्स परीक्षाको फारम भर्न पाइन्छ ।’

उनका अनुसार ज्ञान र सीप परीक्षणबाट लाइसेन्स परीक्षा गर्दा थप गुणस्तरीय जनशक्ति उत्पादन हुन्छ । अहिलेसम्म लिखित रुपमा ज्ञानको परीक्षण हुँदै आएको थियो । अबदेखि ज्ञानसँगै सीप आर्जन भयो कि भएन भनेर त्यसलाई परीक्षण गर्न लागेका हौं’ डा. अधिकारी भन्छन्, ‘जसले बिरामीमा यो डाक्टरसँग उपचारका ज्ञान र सिप दुवै रहेछ भन्ने विश्वास हुनेछ ।’

प्रयोगात्मक अभ्यासका ६० ओटा सीप तोकिएको छ । त्यसमध्ये अहिलेका लागि विद्यार्थी २५ वटा सीपबाट प्रश्न सोधिनेछ । उक्त प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएपछि मात्रै लाइसेन्स परीक्षाका लागि योग्य हुनेछन् ।‘इन्टर्नसिप गर्दा विद्यार्थीले अस्पतालको प्रयोगशालामा सीप सिकेको आधारमा प्रमाणपत्र विश्वविद्यालयले दिन्छ । उक्त सिप परीक्षा उत्तीर्ण गरेपछि मात्रै विद्यार्थीले लाइसेन्सको फाराम भर्न पाउँछ, नत्र पाउँदैन’ रजिष्ट्रार डा.अधिकारीले थपे ।

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १६:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।