May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुनसरी क्याम्पस सञ्चालक समितिमा राजु ढकाल निर्वाचित

  • साझा परिवेश
  • शनिबार, चैत्र १८, २०७९ १७:३५
सुनसरी क्याम्पस सञ्चालक समितिमा राजु ढकाल निर्वाचित

इनरुवा । सुनसरी सदरमुकाम इनरुवाको सुनसरी बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा राजु ढकाल निर्वाचित भएको छ ।

सनिबार मध्यान मतदान सकिएको र दिउसो मतगणा सम्पन्न हुदाँ कुल ६६ मत मध्ये ढकलाले ३८ मत सहित विजयी भएको हाे ।
उनकाे निकतम प्रतिस्प्रधि दिलिपचन्द साहुले २५ मत प्राप्त गरेका थिए ।

यहाँ ढकाल र साहको दुई प्यानल मध्ये ढकालको प्यानलका सदस्यहरु मिरा पोखरेल, जमुना गौतम पोखरेल, शुषमा ढकाल, तोया गिरी पोदार, हरिलाल मेहता, महिचन साह, चन्देश्वर खत्वे र सुनिल कुमार साह विजयी भएको हाे ।
त्यस्तैसाहको नेतृत्वको प्यनलमा रहनुभएका नुनुलाल उराँव, सविता यादव, दुर्गा खत्वे, कृष्णादेवी उराँव, धर्मविर आर्य, हरिप्रसाद पोखरेल, सहजादी प्रविण र रामशंकार साह हलुवाई उपविजेता भएका छन् ।

वि.स.२०३७ सालमा स्थापना भएको सामुदायिक क्याम्पसको व्यवस्थापन समितिको निकृयताले चार दशकको इतिहास बोकेको क्याम्पसको विकास नभएको भन्दै नयाँ नेतृत्वले काम गर्ने प्रतिवद्धता सहित चुनावी मैदानमा रहेकोले मतदाताहरुले नयाँ नेतृत्व चयन गरेको हो ।

संचालन समितिका लागि नेपाली काग्रेंस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीको समर्थन पाउनुभएका राजु ढकालको नेतृत्वको प्यानल विजयी भएकोमा सबैसंग मिलेर हातेमालो गरेर काम गर्ने जनाएको छ ।
उपविजेता भएको जनता समाजवादी पार्टी, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थनमा दिलिपचन्द साहको प्यानलले सच्चा प्रतिपक्षीको भुमिका निर्वाह गर्दै शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिकृया दिएका छन् ।

  • साझा परिवेश
  • शनिबार, चैत्र १८, २०७९ १७:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट