April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

वडाध्यक्ष, नेता र कर्मचारी जुवाखालमा व्यस्त

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० ११:२१
वडाध्यक्ष, नेता र कर्मचारी जुवाखालमा व्यस्त
  • होटलमा जुुवातास भइरहेको सूचना प्राप्त
  • छापा हानेर सञ्चालक तेजबहादुर सहितका १० जनालाई समात्यो
  • एक लाख चार हजार नगद र तासको गड्डी बरामद

धनगढी ।।

मंगलबार वडा प्रहरी कार्यालय धनगढीलाई बसपार्कको कलेल होटलमा जुुवातास भइरहेको सूचना प्राप्त भयो । वडा प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले होटलमा छापा हानेर सञ्चालक तेजबहादुर सहितका १० जनालाई समात्यो ।

वडाको टोलीले कलेल होटलमा छापा हानेर नियन्त्रणमा लिइएकाहरु निर्वाचित जनप्रतिनिधि, कर्मचारी र विभिन्न राजनीतिक दलका प्रदेश स्तरका नेतासमेत रहेको खुलेको छ । सुुरुमा प्रहरीलाई समेत गलत परिचय र ठेगाना बताएका उनीहरुको फोटो सार्वजनिक भएपछि पहिचान खुलेको हो ।

प्रहरीकाअनुुुसार पक्राउ परेकामध्ये योगेन्द्र ठकुल्ला डोटीको पूर्वीचौकी गाउँपालिका-२ का वडाध्यक्ष हुन् भने खड्क साउँद पूर्वीचौकी गाउँपालिका-५ का वडाध्यक्ष रहेको खुलेको छ।

यस्तै प्रहरीले देवबहादुर खड्का भनेर सार्वजनिक गरेका व्यक्ति एकीकृत समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य देवलाल खड्का रहेको पाइएको छ भने धनबहादुर विष्ट माओदावी केन्द्र्का प्रदेश कमिटी सदस्यहुन् ।

गोदावरी नगरपालिका-३ बस्ने भनिएका कुवेर खड्का पूर्वीचौकी गाउँपालिका-७ का स्थानीय हुन् भने उनी नेपाली कांग्रेसको पूर्वजिल्ला सदस्य हुन् । सुजित खड्का सिलगढी खानोपनी तथा सरसफाइका कर्मचारी रहेको खुलेको छ ।

पुरनबहादुर खड्का पनि शिक्षक भएको बताइएको छ । उनीहरुसँगै डोटीकै अन्य तीन जना कार्यकर्ता पनि कलेल होटलमा जुवातास खेलिरहेका थिए । प्रहरीले उनीहरुको साथबाट एक लाख चार हजार नगद र तासको गड्डी बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले पक्राउ परेका विरुद्ध बुधबार मुद्दा दर्ता गरेर कानुनी कारबाहीको प्रक्रिया अघि बडाइने जानकारी दिए । तर वडा प्रहरीले छापा हानेर जुवाडे पक्राउ गरेको होटल कलेलले विगतदेखि नै जुवातास खेलाउने गरेको स्थानीय बताउँछन् ।

खासगरी बसपार्क प्रहरीको संरक्षणमा जुवातास खेलाउने कलेलसहितका केही होटलबाट प्रहरीले हप्तासमेत असुल्ने गरेको आरोप छ ।

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० ११:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।