October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

प्रदेश प्रमुख शर्माले मुलुकको समृद्धिका लागि सहकारी अभियान प्रभावकारी हुनुपर्ने बताए

  • साझा परिवेश
  • सोमवार, चैत्र २०, २०७९ ११:२९
प्रदेश प्रमुख शर्माले मुलुकको समृद्धिका लागि सहकारी अभियान प्रभावकारी हुनुपर्ने बताए

हेटौंडा

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुलुकको समृद्धिका लागि सहकारी अभियान प्रभावकारी हुनुपर्ने बताएका छन् । सोमबार नेपालमा मनाइँदै गरिएको ६६ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले समुदायमा छरिएर रहेको पुँजी,प्रविधि र प्रतिभालाई एकीकृत गरी सदस्यहरूको आर्थिक,सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि सहकारी अभियान प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

उनले आर्थिक समृद्धि र दीगो विकास गर्न सार्वजनिक,निजी र सहकारी क्षेत्रको सहभागिता र विकासमार्फत् उपलब्ध साधन एवम् स्रोतको अधिकतम परिचालन गर्ने कुरा संविधानमै उल्लेख गरी सहकारीलाई तीन खम्बे अर्थ नीति मध्येको एक खम्बा मानिएको उल्लेख गरे ।

संघ प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा राखी यसको विकास,नियमन तथा प्रर्वद्धनको कार्यमा जोड दिइएको समेत उनले उल्लेख गरे । आर्थिक क्षेत्रमा रहेका असमानतामाथि हस्तक्षेपकारी भूमिका खेल्दै नागरिकको आर्थिक समुन्नतिमा सहकारिताबाट सघाउ पु¥याउन ग्रामिण एवम् दुर्गम क्षेत्रका विपन्न वर्गलाई समेत अभियानमा समेटी उनीहरूलाई विभिन्न स्वरोजगारका अवसर सिर्जना गराउन अभियान्ताहरू लागि पर्न आवश्यक देखिएको शर्माले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

उनले सहकारी संस्थाहरू पनि वित्तीय अनुशासन पालना गर्दै समुदायमा आधारित,सदस्य केन्द्रित र यसको मुल्य मान्यता सिद्धान्त र मर्म अनुरुपअघि बढेमा सहकारी अभियानले थप सार्थकता पाउने विश्वास व्यक्त गरे । वि.स.२०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको स्मरण गर्दै नेपालमा राष्ट्रिय सहकारी दिवस मनाइँदैछ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २०, २०७९ ११:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्