sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कृषि भ्रमण भनेर वडाध्यक्षको टोली काठमान्डौँमा घुमघाम

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ ११:१६
कृषि भ्रमण भनेर वडाध्यक्षको टोली काठमान्डौँमा घुमघाम

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका वडा नं. १ का वडाध्यक्षसहित टोलि कृषि भ्रमण गएपछि वडासदस्यहरुले आपत्ति जनाएको छ ।

आज बिहान पत्रकार सम्मेलन गरी वडासदस्यहरुसंग कुनै सरसल्लाह नै नगरी वडाअध्यक्ष गौरीशंकर कुमार महतो सहितको टोलि कृषि भ्रमणमा निस्केको जानकारी गराएका छन ।

भ्रमणमा जानुभन्दा एक दिन अगाडी नै मलाई फोन गरी कृषि भ्रमण बारे जानकारी गराएको वडासदस्य कोपेन्द्र कुमार यादवले जानकारी दिए ।
मैले भ्रमणमा जानेबारे एउटा बैठक बसी निर्णय गर्नुपर्ने बताएका थिए । उनले भने । तर भोलिपल्ट वडाअध्यक्ष आफूखुशि वडासचिव, कार्यलय सहयोगी र एउटा वडासदस्य सहित आफनो आसेपासे सहित भ्रमणमा निस्केको उहाँले गुनासो गरे ।

उनीहरु भ्रमणमा हामीलाई कुनै किसिमको जानकारी नै नगराई निस्किएको बारे उनिहरुको फेसबुकमा गरेको पोस्टबाट थाहा पाएको बताए ।
वडासचिव चन्द्रकिशोर यादव, कार्यलय सहयोगी ज्ञानेन्द्र कुशावहा, एक वडासदस्य राकेश ठाकुर सहितको टोलिले चैत्र २० गते सोमवारका दिन भ्रमण गएको हुन सक्ने उनिहरुले आँकलन गरे ।

वडाअध्यक्ष महतो कृषि भ्रमण गर्नका लागि गाउँपरिषदबाट वडास्तरिय योजना अन्तर्गत २ लाख ५० हजार बजेट विनियोजन गरेको देखिन्छ ।
कृषि भ्रमणमा भन्नेर निस्किएका वडाअध्यक्ष महतोसहित टोलि कृषि क्षेत्र भ्रमणका सटा काठमाडौंका धार्मिक स्थलहरु सहित विभिन्न ठाउँहरुमा भ्रमण गर्दै गरेको उनिहरुले गरेको फेसबुक पोस्टबाट प्रस्ट देखिन्छ ।

रक्सी पसलहरुबाट समेत पोस्ट गरेका कारण उनिहरु मौजमस्तीमा तल्लिन भएको आरोप समेत वडासदस्यहरुले लगाएका छन ।
वडासदस्य कोपेन्द्र यादव, महिला सदस्य तथा कार्यपालिका सदस्य सुमिन्त्रा देवी, दलित महिला सदस्य तथा कार्यपालिका सदस्य परेखनी देवी बैठा सहितले वार्ड न। १ रैकलमा पत्रकार सम्मेलन मार्फत वडाअध्यक्ष सहितको कृषि भ्रमण बारे आफनो असन्तुष्टि जनाएको छ ।

अधिकांश योजनाहरु कार्यकर्ता पाल्न तथा आर्थिक लाभ लिने हिसाबले विनियोजन गरेको देखिन्छ । कुनै पनि योजना जनताको हक र स्थायी विकासमा विनियोजन गरेको देखिदैन ।

महिला सदस्यहरुले समेत कुनै पनि योजना तथा कार्यक्रम निर्माणमा आफूहरुसंग कुनै पनि छलफल नगरेको उनिहरुले आरोप समेत लगाए  । वडाअध्यक्षले मनपरी ढंगले योजना निर्माण तथा संचालन गरेको महिला वडासदस्य तथा कार्यपालिका सदस्य समेत रहेकी सुमिन्त्रा देवीले बताईन ।

हामीहरुलाई योजनामा हस्ताक्षर गराउने बाहेक कुनै पनि जानकारी नहुने गरेको उनिहरुको भनाई थियो ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ ११:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid