May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

कृषि भ्रमण भनेर वडाध्यक्षको टोली काठमान्डौँमा घुमघाम

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ ११:१६
कृषि भ्रमण भनेर वडाध्यक्षको टोली काठमान्डौँमा घुमघाम

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका वडा नं. १ का वडाध्यक्षसहित टोलि कृषि भ्रमण गएपछि वडासदस्यहरुले आपत्ति जनाएको छ ।

आज बिहान पत्रकार सम्मेलन गरी वडासदस्यहरुसंग कुनै सरसल्लाह नै नगरी वडाअध्यक्ष गौरीशंकर कुमार महतो सहितको टोलि कृषि भ्रमणमा निस्केको जानकारी गराएका छन ।

भ्रमणमा जानुभन्दा एक दिन अगाडी नै मलाई फोन गरी कृषि भ्रमण बारे जानकारी गराएको वडासदस्य कोपेन्द्र कुमार यादवले जानकारी दिए ।
मैले भ्रमणमा जानेबारे एउटा बैठक बसी निर्णय गर्नुपर्ने बताएका थिए । उनले भने । तर भोलिपल्ट वडाअध्यक्ष आफूखुशि वडासचिव, कार्यलय सहयोगी र एउटा वडासदस्य सहित आफनो आसेपासे सहित भ्रमणमा निस्केको उहाँले गुनासो गरे ।

उनीहरु भ्रमणमा हामीलाई कुनै किसिमको जानकारी नै नगराई निस्किएको बारे उनिहरुको फेसबुकमा गरेको पोस्टबाट थाहा पाएको बताए ।
वडासचिव चन्द्रकिशोर यादव, कार्यलय सहयोगी ज्ञानेन्द्र कुशावहा, एक वडासदस्य राकेश ठाकुर सहितको टोलिले चैत्र २० गते सोमवारका दिन भ्रमण गएको हुन सक्ने उनिहरुले आँकलन गरे ।

वडाअध्यक्ष महतो कृषि भ्रमण गर्नका लागि गाउँपरिषदबाट वडास्तरिय योजना अन्तर्गत २ लाख ५० हजार बजेट विनियोजन गरेको देखिन्छ ।
कृषि भ्रमणमा भन्नेर निस्किएका वडाअध्यक्ष महतोसहित टोलि कृषि क्षेत्र भ्रमणका सटा काठमाडौंका धार्मिक स्थलहरु सहित विभिन्न ठाउँहरुमा भ्रमण गर्दै गरेको उनिहरुले गरेको फेसबुक पोस्टबाट प्रस्ट देखिन्छ ।

रक्सी पसलहरुबाट समेत पोस्ट गरेका कारण उनिहरु मौजमस्तीमा तल्लिन भएको आरोप समेत वडासदस्यहरुले लगाएका छन ।
वडासदस्य कोपेन्द्र यादव, महिला सदस्य तथा कार्यपालिका सदस्य सुमिन्त्रा देवी, दलित महिला सदस्य तथा कार्यपालिका सदस्य परेखनी देवी बैठा सहितले वार्ड न। १ रैकलमा पत्रकार सम्मेलन मार्फत वडाअध्यक्ष सहितको कृषि भ्रमण बारे आफनो असन्तुष्टि जनाएको छ ।

अधिकांश योजनाहरु कार्यकर्ता पाल्न तथा आर्थिक लाभ लिने हिसाबले विनियोजन गरेको देखिन्छ । कुनै पनि योजना जनताको हक र स्थायी विकासमा विनियोजन गरेको देखिदैन ।

महिला सदस्यहरुले समेत कुनै पनि योजना तथा कार्यक्रम निर्माणमा आफूहरुसंग कुनै पनि छलफल नगरेको उनिहरुले आरोप समेत लगाए  । वडाअध्यक्षले मनपरी ढंगले योजना निर्माण तथा संचालन गरेको महिला वडासदस्य तथा कार्यपालिका सदस्य समेत रहेकी सुमिन्त्रा देवीले बताईन ।

हामीहरुलाई योजनामा हस्ताक्षर गराउने बाहेक कुनै पनि जानकारी नहुने गरेको उनिहरुको भनाई थियो ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ ११:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट