October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

धार्मिक तथा ऐतिहासिक संरचनााको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री यादव

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ 0९:३४
धार्मिक तथा ऐतिहासिक संरचनााको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले धार्मिक तथा ऐतिहासिक संरचनाको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शनिबार बाराको जितपुरमा आयोजित २४ कुण्डीय गायत्री महायज्ञको समापन कार्यक्रममा मुख्यमन्त्री यादवले सो प्रतिबद्धता व्यक्त गरेका छन् ।

मधेश प्रदेशमा पर्यटकीय सम्भावना बोकेका मठ ,मन्दिरलगायत ऐतिहासिक तथा पुरातात्विक सम्भावनाका स्थलहरु रहेको कारण यसको विकासमा लागिपर्ने धारणा उनले व्यक्त गरे ।

पूजापाठ आत्माको शान्ति र शुद्धताको लागि गर्ने गरिएकोले हरेक व्यक्तिले यसको लागि समय छुट्याउनु पर्ने आग्रह गर्दै मुख्यमन्त्री यादवले भने,‘ पूजापाठ,धर्मकर्मले मानिसमा अनुशासन र संस्कारको विकास हुन्छ त्यसैले यसको लागि सबैले समय निकाल्न सक्नु पर्छ ।’ बुधबारबाट शुरु भएको महायज्ञ शनिबार सम्पन्न भएको छ ।

हरेक दिन बिहान ७ बजेदेखि ११ बजे सम्म गायत्री हवन गरिएको थियो । पूजा समितिका अध्यक्ष शिवजी साह सोनारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राजुराज गिरिले गरेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य देवनारायण चौधरी , प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठका स्वकीय सचिव विकास साह लगायतका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ 0९:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्