April 18, 2025 | शुक्रबार, बैशाख ६, २०८२
सुचनाहरु
दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान  २ महिनापछि सकुल भेटिईन् महाकुम्भमा हराएकी रोशनी  घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कति पुग्यो?  २ बर्षदेखि घाइते कप्तान सिद्धान्त लोहनीको उपचारमा क्यानले देखाएन चासो  फेरि आयो सलमान खानलाई मार्ने धम्की

कर्णाली डेभलपमेन्ट बैंक प्रकरण : एगे कामीको ऋणबारे आफ्नो संलग्नता नरहेको तिलक विकको प्रस्टोक्ति

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ ११:५८
कर्णाली डेभलपमेन्ट बैंक प्रकरण : एगे कामीको ऋणबारे आफ्नो संलग्नता नरहेको तिलक विकको प्रस्टोक्ति

काठमाडौं । नेपालगञ्जका व्यवसायी तिलक विकले कर्णाली डेभलपमेन्ट बैंकको ऋण प्रवाहमा अनियमितताबारे
रातोपाटीमा प्रकाशित समाचारमा आफ्नो नाम मुछिएकोमा आपत्ति जनाएका छन् ।

चैत १६ मा प्रकाशित ‘बैंक कर्मचारीकै सेटिङमा गरिबलाई बोकाइयो ऋणको भारी’ र चैत १९ गते प्रकाशित
‘बोल्न र सुन्न नसक्नेको जग्गा धितो राखेर ठेकेदारले लिए ५० लाख ऋण’ शीर्षकको समाचारमा आफूलाई
अनावश्यक रुपमा मुछिएको उनको जिकिर छ ।

‘समाचारमा उल्लेख गरिएका डम्मर कामी २०७५ सालदेखि २०७७ सालसम्म मेरो चालकका रुपमा काम गरेका
र निजलाई मासिक २० हजारका दरले काम गरेको अवधिसम्मको पारिश्रमिक काम गर्दाको अवधिमा नै भुक्तानी
गरिसकिएको हो,’ उनले रातोपाटीलाई पठाएको खण्डनपत्रमा भनेका छन् ।

कामको सिलसिलामा निजलाई आफूले मोटरसाइकल किनिदिएको र मोटरसाइकल लिएर सम्पर्कविहीन भएपछि
निजकी श्रीमती र छोरीसमेत आफ्नै घरमा बस्ने भएकाले निजलाई खोजी गर्न प्रहरीको सहायता लिइ खोजी गरी
परिवारकै जिम्मा लगाएको उनको दाबी छ ।

‘चालक मेरो परिवारभित्रकै नातेदार भएको हुँदा मैले नै निजलाई बैंकबाट ऋण लिएर घर बनाउनका लागि उनकै
नाममा जग्गा खरिद गरिदिए पनि किस्ताबापतको रकम उनले पछि तिर्नेगरी मैले नै तिरिदिने गरेको थिएँ,’ उनले भनेका छन् ।

घर छोडेर गएपछि जग्गाको विषयमा छलफल गर्न बारम्बार बोलाउँदा पनि नआउने र बाहिर विभिन्न माध्यम
प्रयोग गरी आफ्नो चरित्र हत्या गर्ने गरिरहेको तिलकको आरोप छ । ‘एगे कामीको ऋणको सम्बन्धमा मेरो कुनै
संलग्नता नभएको प्रस्ट पार्न चाहन्छु,’ उनले खण्डनपत्रमा भनेका छन् ।

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ ११:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट