July 16, 2024 | मङ्लबार, असार ३२, २०८१
सुचनाहरु
संघीय संसद्का दुवै सदनको बैठक बस्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि सुनको मूल्य अहिलेसम्मकै उच्च प्रधानमन्त्री ओलीको क्याविनेटमा को को बने मंत्री ? प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई कोशीमा सरकार पुनर्गठनको तयारी कोकिनसहित विदेशी महिला पक्राउ मुकुल ढकाललाई स्वर्णिम वाग्लेको सचिवालयबाट धम्की कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पशुपतिनाथमा बृहत् कोटीहोम महायज्ञ आयोजना हुँदै आज देशको ४५औँ प्रधानमन्त्री बन्दै एमाले अध्यक्ष केपी शर्मा ओली युरोकपको फाइनल आज, स्पेन र इङ्ल्याण्ड भिड्दै राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्री दाहालको निर्देशन बालेनसँग श्रीलंकाका राजदूत पाथिरानाको शिष्टाचार भेट अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री ४३ जिल्ला वर्षाको उच्च जोखिम, आवश्यक पूर्वतयारी गर्न आह्वान कोलम्बिया कोपा अमेरिका कपको फाइनलमा

युवक मृत्यु प्रकरण : चार दिनदेखि अछाम र बाजुराका यातायात बन्द

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १५:१५
युवक मृत्यु प्रकरण : चार दिनदेखि अछाम र बाजुराका यातायात बन्द

अछाम। बसको ठक्करबाट घाइते भई उपचारको क्रममा निधन भएपछि अछाम र बाजुरामा सवारी साधन ठप्प भएका छन् ।
साँफेबगर नगरपालिका –३ का हेमराज कुँवरको बसको ठक्करबाट उपचारको क्रममा काठमाडौंमा निधन भएपछि साँफेबगर
क्षेत्र भएर जाने छोटो तथा लामो दुरीका सवारी शनिबारबाट चल्न सकेको छैन ।

अछाम र बाजुराका विभिन्न स्थानबाट साँफेबगर भएर कैलालीको धनगढी, अत्तरिया, टीकापुर, लम्की, नेपालगञ्ज, कञ्चनपुरको
महेन्द्रनगर लगायतका स्थानमा जाने सवारी साधन बन्द भएका छन् भने तराईबाट अछाम र बाजुरा आउने लामो दुरीका सवारी
साधन पनि चार दिनदेखि बन्द अवस्थामा रहेका छन् ।

यस्तै, साँफेबगर क्षेत्रमा चल्ने जिप, अटोरिक्सालगायतका साना सवारी पनि ठप्प अवस्था रहेका छन् । दोषीलाई कारबाही र मृतकका
परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तले सडक र साँफेबगर बजार बन्द गरेका हुन् ।
आन्दोलनका कारण साँफेबगरको हाटबजार र एयरपोर्ट बजार पनि बन्द अवस्था छ ।

“साँफेबगर पूरै ठप्प अवस्थामा छ,” साँफेबगरमा रहेका रोमन भट्टले भन्नुभयो । सडक सञ्चालनका  लागि पहल भइरहेको
जिल्ला प्रशासन कार्यालय, अछामले जानकारी दिएको छ ।

कार्यालय प्रशासकीय अधिकृत मिनराज आचार्यले बस व्यवसायी र मृतकका आफन्तबीच छलफलका लागि समन्वय भइरहेको
जानकारी दिनुभयो । बस व्यवसायी समितिका प्रतिनिधिलाई अछाम बोलाएर पीडितसँग छलफलको तयारी भइरहेको बताइएको छ ।
तर बस व्यवसायी समितिका प्रतिनिधिले भने डोटी प्रशासन कार्यालयमा छलफल हुनुपर्ने मागका कारण केही ढिलाइ भइरहेको भनाइ आचार्यको छ ।

नगरपालिकाद्वारा चिकित्सक र स्वास्थ्यकर्मीमा छानबिनको माग

उपचारको क्रममा निधन भएपछि नेपालगञ्जस्थित वेस्टर्न अस्पताल चिकित्सक तथा स्वास्थ्यकर्मीमा छानबिन गर्न साँफेबगर नगरपालिकाले
माग गरेको छ । नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, अछामलाई पत्र लेखेर साँफेबगर नगरपालिका–३ का हेमराज कुँवरको मृत्युको
मृत्युमा जाँचबुझ तथा छानबिनका गृह मन्त्रालयमा लागि लेखि पठाउन अनुरोध गरेको छ ।

मृतक हेमराजको उपचारमा संलग्न भएको नेपालगञ्जको वेस्टर्न अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूमा छानबिनको माग पत्रमा गरिएको छ ।
जिल्लामा मृतकका आफन्तले आन्दोलनका क्रममा हेमराजको मृत्युमा बसका सञ्चालक र अस्पतालको मिलेमतो भएको दाबी गरिरहेका छन् ।

चैत १९ गते साँफेबगरमा बसले मोटरसाइकललाई ठक्कर दिएपछि थप उपचारका लागि नेपालगञ्ज वेस्टर्न अस्पतालमा चैत २० गते भर्ना गरेर
बेलुकी ८ बजेतिर भाँचिएको खुट्टाको शल्यक्रिया गरिएको उल्लेख गरिएको छ । शल्यक्रियापछि नेपालगञ्जस्थित लाइफलाइन अस्पतालमा
मिर्गौलाको डाइलासिस गरेको, जीवनरक्षा अस्पतालमा सिटी स्क्यान गरेको र वेस्टर्न अस्पतालमा उपचार गरेको मृतकका आफन्तको उद्धृत
गर्दै प्रशासनलाई लेखेको पत्रमा उल्लेख छ ।

बिरामीको होस नखुलेपछि वेस्टर्न अस्पतालका डा. पारस पाण्डे, डा. किरण गुरुङ, डा. विनोद थापा र राहुल थापाको सल्लाहमा काठमाडौंको
ह्याम्स अस्पताल लैजान सुझाव दिनुभएको थियो । सुझाव चिकित्सकले सुझाव दिएपछि एक छिन अगाडि स्थिर अवस्थामा देखेको बिरामी
एयरपोर्ट लैजान निकाल्दा मरेतुल्य भएको र एयर एम्बुलेन्समा काठमाडौंको ह्याम्स अस्पतालमा उपचार नहुँदै मृत्यु घोषणा भएको प्रशासनलाई लेखेको पत्रमा उल्लेख छ ।

साँफेबगर नगरपालिका–३ का हेमराज कुँवर र सरस्वती कुँवर सवार मोटरसाइकललाई सोही नगरपालिका–७ को रिडिकोटको वडा कार्यालय नजिक
बसले ठक्कर दिएको थियो । सोही दुर्घटनामा पर्नुभएकी सरस्वती पनि उपचारका क्रममा हुनुहुन्छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १५:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्