July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

मालपोत कार्यालयका तत्कालिन प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १६:५१
मालपोत कार्यालयका तत्कालिन प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालिन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

लिखत रजिस्ट्रेसन पारित हुँदा संकलन भएको राजस्व हिनामिनाको आरोपमा तत्कालिन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

तत्कालिन कार्यालय प्रमुख पोखरेलले लिखत रजिस्ट्रेसन पारित हुँदा संकलन भएको राजस्वको निरन्तर अनुगमन गर्नुपर्नेमा अनुगमन नगरी आफ्नो कार्यकाल २०७२÷०७३ मा ९३ लाख ६६ हजार २०९ हिनामिना गरेको अख्तियारको दाबी छ ।

त्यस्तै तत्कालिन कार्यालय प्रमुख विश्वकर्माले पनि आर्थिक वर्ष २०७२÷०७३ मा १ लाख ४१ हजार ८२५ रुपैयाँ हिनामिना गरेको, तत्कालिन नायब सुब्बा गुप्ताले आर्थिक वर्ष २०७२/०७३ मा राजस्वमा ९५ लाख ८ हजार ३४ रुपैयाँ हिनामिना गरेका अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । त्यस्तै तत्कालिन लेखापाल चौधरीले पनि ९५ लाख ८ हजार ३४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १६:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्