October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

उच्च रक्तचाप प्राकृतिक विधिबाट पनि नियन्त्रण हुन्छ

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १२:४९
उच्च रक्तचाप प्राकृतिक विधिबाट पनि नियन्त्रण हुन्छ

काठमाडौं । उच्च रक्तचाप भनेको मुटुको धमनीमा रगतको प्रवाह अचानक बढ्ने अवस्था हो । यदि लगातार उच्च रक्तचाप बढिरहेको छ भने त्यसको उपचार गर्नुपर्छ । अन्यथा यसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्ने वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कोजु बताउँछन् ।
उच्च रक्तचाप नियन्त्रण गर्न औषधि खानैपर्छ ?

उच्च रक्तचाप १४० देखि १५० माथिल्लो र ८० देखि ९० तल भएका कतिपय व्यक्तिलाई जीवनशैली परिवर्तनबाटै पनि उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ । तर जीवनशैलीमा परिवर्तन गर्दा पनि उच्च रक्तचाप नियन्त्रण हुन सकेन भने चाहिं औषधि खानैपर्ने डा. कोजु सुझाउँछन् ।
‘उच्च रक्तचाप नियन्त्रण भइरहेको छैन । तर म जीवनशैली नै परिवर्तन गर्छु, औषधि खाँदिन भन्दा उच्च रक्तचापले हाम्रो शरीरमा विभिन्न नकारात्मक असर गर्न सक्छ । त्यसैले नियन्त्रण गर्न औषधि खानु नै उपयोगी हुन्छ,’ उनी भन्छन् ।
औषधिले कसरी काम गर्छ ?

सामान्यतया माथिल्लो रक्तचाप ९० देखि १२० को बीचमा हुनुपर्छ भने तल ६० देखि ८० को बीचमा । तर माथिल्लो रक्तचाप १४० भन्दा माथि गयो र तल ९० भन्दा माथि पुगेमा भने रक्तनलीमा रगतको प्रवाह बढ्छ । रक्तनलीमा रगतको चाप बढेपछि मिर्गौला, मुटु, आँखा लगायत अंगमा रक्तसञ्चारको नकारात्मक प्रभाव पर्छ । उच्च रक्तचापले शरीरमा नराम्रो असर गर्ने भएकाले त्यसबाट बचाउन र रक्तनलीमा आवश्यक मात्रामा चाप मिलाउन औषधिले काम गर्ने कोजु बताउँछन् ।

साइड इफेक्ट के हुन्छ ?

डा. कोजु भन्छन्, ‘उच्च रक्तचापको औषधि प्रशस्त अध्ययन र अनुसन्धानपछि प्रयोगमा ल्याइएको भएकाले यसको खासै ठूलो साइड इफेक्ट हुँदैन । कसैकसैमा भने खुट्टा सुन्निने, सुख्खा खोकी लाग्ने, दमको रोगी छन् भने स्याँस्याँ अलि बढ्ने जस्ता साधारण साइड इफेक्ट देखिन्छ । तर औषधिको साइड इफेक्टभन्दा फाइदा नै धेरै हुन्छ ।’

यो जीवनभर खानैपर्छ ?

उच्च रक्तचापलाई नियन्त्रणमा राख्न औषधि खाने भएकाले उच्च रक्तचाप बढी छ भने त जीवनभर नै औषधि खानैपर्ने कोजु बताउँछन् ।

‘प्रायः व्यक्तिलाई यो औषधि जीवनभर नै खानैपर्ने हुन्छ । तर कतिपय व्यक्तिलाई जीवनशैली परिवर्तन गरेर मोटोपन कम ग¥यो, तनाव कम लियो, धुम्रपान, मद्यपान गरेन भने उसको रक्तचाप नियन्त्रण भयो भने औषधि बन्द गर्न पनि सकिन्छ,’ कोजु भन्छन् ।

उच्च रक्तचाप नियन्त्रण गर्ने प्राकृतिक तरिका

उच्च रक्तचाप नियन्त्रण गर्ने प्राकृतिक उपाय भनेको जीवनशैली परिवर्तन नै हो । त्यसैले जीवनशैली परिवर्तन गरेर उच्च रक्तचाप नियन्त्रणमा राख्न यी कुरामा ध्यान दिनुपर्ने डा. कोजु सुझाउँछन् ।

–बिहान समयमा उठ्ने

–दैनिक व्यायाम, योग, ध्यान गर्ने

–अनावश्यक तनाव नलिने

–धुम्रपान, मदिरापान नगर्ने

–मोटोपन घटाउने

–नुन धेरै खाने खाने बानी छ भने कम खाने

–धेरै गुलियो, कार्बोहाइड्रेट बढी भएको खाना तथा धेरै चिल्लो खाना कम खाने

–हरियो सागपात तरकारी र फलफूल प्रशस्त मात्रामा खाने ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १२:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्