काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारी कर्मचारीको ट्रेड युनियन खारेज गर्नुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको वक्तव्य उपर धारणा राख्दै उनले भने, कर्मचारीको युनियन खारेज गर्ने नीति ल्याउनुस् । तपाईंलाई हाम्रो हार्दिक स्वागत छ ।’
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मोदीले संघीय निजामति विधेयक संसदमा ल्याउने तयारीमा सरकार रहेको बताएका छन् ।
उनका अनुसार संघीय निजामती विधेयक तयार पारेर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाइएको छ ।
कानुन र अर्थ मन्त्रालयको राय प्राप्त भएपछि मन्त्रिपरिषदबाट स्वीकृति प्राप्त गरेर संसदमा ल्याउने तयारीमा सरकार रहेको संघीय मामिलामन्त्री मोदीले बताएका छन् ।