sweet bonanza
June 22, 2026 | सोमवार, असार ९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लोपोन्मुख कुसुण्डा भाषा सिक्दै नयाँ पुस्ता

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १५:४६
लोपोन्मुख कुसुण्डा भाषा सिक्दै नयाँ पुस्ता

घोराही । 

सोजाक गिम्चि (नमस्ते साथी)

हिमा: नि गिजि न (तपाईँको नाम के हो )

मनबहादुर: चियि गिजि मनबहादुर ( मेरो नाम मनबहादुर हो)

हिमा: नि उही हाप्पे (तपाईँको घर कहाँ हो ?)

मनबहादुर: चियि उही प्युठान तिराम । (मेरो घर प्युठानको तिराम हो)

हिमा: उही गा नटि नटि चि (घरमा को को छन् ?)

मनबहादुर: मै यै चि (आमा र बुवा छन्)

यी संवाद घोराही उपमहानगरपालिका–५ धर्नास्थित महेन्द्र माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत कुसुण्डा भाषा सिक्दै गरेका प्युठान जिल्ला तिराम निवासी हेमा कुसुण्डा र मनबहादुर कुसुण्डाका हुन् । कुसुण्डा भाषा कुसुण्डा जातिको मातृभाषा भए पनि हेमा र मनबहादुरलाई बोल्न आउँदैन थियो ।

भाषा आयोगले लोपोन्मुख अवस्थामा रहेको कुसुण्डा जातिको भाषा संरक्षणसँगै विकास गर्ने उद्देश्यले इच्छुक नयाँ पुस्तालाई लोपोन्मुख अवस्थामा रहेको कुसुण्डा भाषा सिकाउन थालेपछि विगत केही समयदेखि हेमा र मनबहादुरलगायतका १२ जनाले भाषा सिक्दै आउनुभएको हो ।

भाषा सिक्नकै लागि प्युठानबाट दाङ आउनुभएकी हिमा अहिले आफ्नो मातृभाषामा बोल्न र लेख्नसँगै सामान्य रूपमा आफ्नो मातृभाषामा साहित्य सिर्जना गर्न सक्ने समेत भएको बताउनुहुन्छ ।

‘म कुसुण्डाकै छोरी भए पनि मलाई आफ्नो भाषा आउँदैन थियो, त्यसैले आफ्नो भाषा सिक्नुपर्छ भनेर प्युठानबाट यहाँ आएर भाषा सिक्न थालेकी हुँ’, हेमा भन्नुहुन्छ,‘अहिले आफ्नो भाषामा कुरा गर्नुका साथै कविता समेत लेख्न सक्ने भएकी छु ।’

आफ्नो पुर्खाले बोल्ने गरेको भाषा सिक्ने र संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले नै आफू भाषा सिक्न लागेको हेमा बताउनुहुन्छ । अहिले सामान्य औपचारिक कुरा गर्नदेखि लेखपढ गर्नसक्ने भएको उहाँ बताउनुहुन्छ ।

‘कुसुण्डा आफ्नो पुर्खाको भाषा भए पनि घरमा कोही नबोल्ने हुँदा मलाई आउँदैनथ्यो’, उहाँले भन्नुभयो, ‘तर दाङमा आएर भाषा सिक्न थालेपछि अहिले बोल्नुका साथै लेख्न जान्ने भएको छु ।’ आफू जस्तै साथीहरूसँग मिलेर भाषा सिक्दा सहज भएको उहाँ बताउनुहुन्छ ।

‘भाषा सिक्ने म मात्र छैन, मजस्तै १२ जनाले सिक्दै आएका छौँ’, हिमाले भन्नुभयो, ‘भाषा भएकाले सिक्दा केही समस्या भए पनि रमाइलो लाग्ने गरेको छ ।’ सोही ठाउँ निवासी मनबहादुर कुसुण्डा पनि अहिले महेन्द्र माध्यमिक विद्यालयको होस्टेलमा बसेर कक्षा ११ को पढाइसँगै आफ्नो मातृभाषा कुसुण्डा भाषा सिक्दै आएको बताउनुहुन्छ ।

घरमा हुँदा कुसुण्डा भाषा भएको थाहा भए पनि आफूलाई बोल्नलाई सिकाउने कोही नहुँदा सिक्नका लागि दाङ आएको मनबहादुर बताउनुहुन्छ ।

‘मलाई कुसुण्डा भाषा आउँदैनथ्यो तर आफ्नो पुर्खाले बोलेको भाषा सिक्ने रहर थियो’, मनबहादुरले भन्नुभयो, ‘सुरुमा सिक्ने ठाउँ पनि थिएन । तर दाङमा भाषा आयोगले कुसुण्डा सिक्नका लागि कक्षा सञ्चालन गरेपछि भाषा सिक्ने अवसर पाएको छु । अहिले सामान्य रूपमा मातृभाषा कुरा गर्न सक्ने भएको छु । पुर्खाको भाषा सिक्न पाउँदा खुसी लागेको छ ।’

हिमा र मनबहादुर मात्रै होइन भाषा आयोगको र घोराही उपमहानगरपालिकाको सहयोगमा लोपोन्मुख अवस्थामा पुगेको कुसुण्डा संरक्षण र विकासका लागि कक्षा सुरु भएपछि विगत तीन वर्षदेखि १२ जना कुसुण्डा समुदाय र गैरकुसुण्डा समुदायका नागरिकहरूले भाषा सिक्दै आएको कुसुण्डा भाषा विज्ञ एवं अनुसन्धानकर्ता उदयराज आले बताउनुहुन्छ । उहाँका अनुसार कुसुण्डा भाषा सिक्नेहरू शब्दहरू चिन्नेदेखि सामान्य रूपमा एकअर्कामा कुरा गर्नसक्ने भएको बताउनुहुन्छ ।

नयाँ पुस्ताले सिक्न र बोल्न थालेपछि स्व. ज्ञानीमैया कुसुण्डा र कमला खत्री कुसुण्डामा मात्रै सीमित भएको कुसुण्डा भाषा पुस्तान्तरण हुन थालेको उहाँ बताउनुहुन्छ ।

‘लोपोन्मुख अवस्थामा रहेको कुसुण्डा भाषा संरक्षणसँगै विकास गर्ने उद्देश्यले कक्षा चल्दै आएको छ । अहिले भाषा सिक्नेहरू सामान्य रूपमा आफ्नो मातृभाषा बोल्न र लेख्न सक्ने हुनुभएको छ’, प्रशिक्षक आलेले भन्नुभयो, ‘छोटो अवधिमा राम्रो प्रगति भएको छ । अधिकांश सहभागीले आफ्नो भाषामा बोल्न र लेख्न सक्नुहुन्छ ।’

उहाँले चार चरणमा भाषा कक्षा सञ्चालन गरिएको र एक चरणमा विद्यार्थीहरूलाई ९० घण्टाको कक्षा हुने बताउनुभयो । उक्त कक्षामा कुसुण्डा शब्द, बोल्ने शैली, वाक्य बनाउने तरिकालगायतका बारेमा सिकाउने गरेको बताउनुभयो । भाषा सिक्न दाङ, प्युठान, रोल्पासहित सुर्खेतका २० जना सहभागी छन् ।
श्रोत : गोरखापत्र अनलाइन डट कम

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १५:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid