May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अस्पतालमा बन्धक बनेकी महिला मेयर यादवको सहयोगमा फर्किन घर

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १0:११
अस्पतालमा बन्धक बनेकी महिला मेयर यादवको सहयोगमा फर्किन घर

जनकपुरधाम । जनकपुरधामस्थित रहेको न्यूरो हस्पिटलमा बन्धक बनाईकी धनुषाकी मन्तोरिया देवी बुधबार घर फर्केकी हुन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका वडा नं. ९ कि मन्तोरिया राय दुई महिनासम्म अस्पतालको शय्यामा नयाँ जिन्दगीका लागि संघर्ष गरिरहँदा सबैला नगरपालिकाका मेयर कारिराम यादवले उनलाई उन्मुक्ति दिलाएका छन् ।

करिब डेढ महिनादेखि अस्पतालकै बेडमा बस्नुपर्ने बाध्यता अर्थात बन्धक बनाइएकी मन्तोरियाको उपचार खर्चवापतको ६ लाख ६९ हजार ३०० र फर्मेसीमा औषधिको २ लाख ५ हजार ७८२ तिर्न बाँकी रहेको थियो । सो रकम नतिरी उनी घर जान पाएकी थिइनन। अस्पतालमै छ तीन बालबच्चा र वृद्ध ससुराको बसाइ । कसले बिल तिरिदिने र कसरी घर जाने कुनै टुंगो नहुँदा मेयर कारिराम यादवले उनलाई घर फर्काएकी हुन् ।

मन्तोरियाको परिवारले जसोतसो ऋण काढेर र समाजबाट चन्दा उठाएर पाएको झण्डै १० लाख रुपैयाँ अस्पताललाई तिरेको थियो । तर अब कसैले सहयोग गरेमाबाहेक अरु कुनै उपाय छैन । मन्तोरियाले हात जोड्दै आफूलाई घर जाने वातावरण बनाइदिन गुहार मागेकी थिइन् ।

सँचारमाध्यमहरुमा समाचार प्रकाशित भएपछि मन्तोरियाको मदतको लागि सहयोगी हातहरु समेत अगाडी आएको थियो । सोही क्रममा सबैलाका मेयर यादवले उनलाई अस्पतालको बन्धकबाट घर फर्काएका हुन् ।

सम्पत्तिको नाममा केवल दुईधुर घडेरीमा छाप्रो छ उनको । अस्पतालमा मन्तोरियासँगै छन् ८ वर्षीया छोरी वर्षा, ५ वर्षीय छोरा महेश्वर, ३ वर्षीय उमेश र ७१ वर्षीय ससुरा रामप्रसाद राउत । रामप्रसादले जसोतसो बुहारीको हेरचाह गरेका छन्, तीन नाति नातिना सम्हाल्दै आएको थियो ।

मन्तोरियाका पति रामबहादुर राय वैदेशिक रोजगारमा कतारमा छन् । गत कात्तिकमा रामबहादुर कतार गएपछि घर सम्हाल्दै आएकी थिइन् मन्तारियाले । तर, दुर्घटनामा परेदेखि उनको परिवार नराम्ररी बिथोलिएको छ । पति रामबहादुरको पनि कमाइ छैन । उनी गएको कम्पनी बन्द भएर घर फर्किने अवस्था आएको मन्तोरियाले सुनाएपछि उनको सहयोगको लागि मेयर यादवले पहल थालेका थिए ।

अस्पताल र फार्मेसीको करिब ९ लाख रुपैयाँ कसरी तिर्ने र कसरी बालबच्चा पाल्ने भन्ने चिन्ताको सागरमा डुबेकी मन्तोरियालाई सबैलाका मेयरले नैया पार लगाईदिएको हो ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १0:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट